काठमाडौं – बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्तिम संस्कार आज ढाकामा गरिने भएको छ ।जियालाई संसद् परिसरमा उनका पति तथा बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमानको चिहान नजिकै राखिनेछ ।
उनको ७९ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको थियो । उनी २० दिनदेखि भेन्टिलेटरमा थिइन् । जियाको निधनमा बंगलादेश सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।
अन्तिम संस्कारमा ठूलो संख्यामा राजनीतिक नेता, समर्थक र सर्वसाधारण सहभागी हुनेछन् । जियाको राजकीय अन्त्येष्टिमा भाग लिन नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा मंगलबार बंगलादेश गएका छन् ।






