Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

समानुपातिकले कर्णाली, सुदूरपश्चिम र गाउँ बोल्नुपर्छ:तोसिमा

Editorial Team by Editorial Team
December 31, 2025
in Nepal, News, Politics
0
समानुपातिकले कर्णाली, सुदूरपश्चिम र गाउँ बोल्नुपर्छ:तोसिमा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले समानुपातिक बन्द सूचीमा नाम समेटिएका नेताहरूलाई उक्त सूचीबाट नाम हटाएर प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न खुला आव्हान गरेकी छन् ।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले यस्तो आह्वान गरेकी हुन् । उनले समानुपातिक प्रणालीको मूल मर्ममाथि प्रश्न उठाउँदै यसलाई पहुँच, शक्ति र प्रभाव नभएका तर सक्षम व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताइन् ।
कार्कीले भनिन्, ‘समानुपातिकको अवधारणा भौगोलिक विकटता, विपन्नता र आवाज नपुगेका क्षेत्रलाई संसदसम्म पुर्‍याउनका लागि हो। सूचीले कर्णाली बोल्नुपर्छ, सुदूरपश्चिम बोल्नुपर्छ, गाउँ बोल्नुपर्छ।’
उनले पार्टी नेतृत्वका आफन्त, नातेदार र पार्टीका ‘भाइटल पोजिसन’मा रहेका व्यक्तिहरू नै समानुपातिक सूचीमा आकांक्षी बन्नु र त्यहीँ आफ्नो स्थान सुरक्षित गर्नुले समानुपातिक प्रणालीको औचित्यमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेकी छन्।‘समानुपातिक समावेशीकरणका लागि हो, निषेधका लागि होइन,’ कार्कीले भनिन् । पार्टीको आन्तरिक संरचनातर्फ संकेत गर्दै उनले सचिवालय सदस्य र पदाधिकारीहरू सधैं ‘पोजिसन अफ बेनिफिट’मा रहने र प्राइमरी भोटिङ वा मूल्यांकन प्रक्रियामा पनि उनीहरूकै प्रभाव रहने टिप्पणी गरेकी छन्।
‘महाधिवेशन नहुँदासम्म आजका पदाधिकारी र सचिवालय सदस्य निर्वाचनबाट बनेका होइनन्। पार्टीभित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीमा अग्रपंक्तिमा नाम सुरक्षित गर्ने प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन,’ उनले लेखेकी छन्।
तोसिमा कार्कीले उदाहरणीय नेतृत्व चाहिने हो भने पार्टीका सबै पदाधिकारी र सचिवालय सदस्यहरूले समानुपातिक सूचीबाट नाम हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने बताएकी छन्।‘आज पार्टी यति ठूलो भइसकेको छ, साथीहरू किन डराउनुभएको ? सचिवालय सदस्य नै डराए भने अरूले के गर्ने ?’ भन्ने उनको प्रश्न छ।उनले अन्त्यमा समानुपातिक सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने माग गर्दै पार्टीभित्र गहिरो बहसको खाँचो औँल्याएकी छन्।

Advertisement Banner
Previous Post

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको अन्तिम संस्कार आज, नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने

Next Post

पछिल्ला १२ दिनभित्र हिन्दु समुदायका तेस्रो व्यक्तिको हत्या

Editorial Team

Editorial Team

Next Post
पछिल्ला १२ दिनभित्र हिन्दु समुदायका तेस्रो व्यक्तिको हत्या

पछिल्ला १२ दिनभित्र हिन्दु समुदायका तेस्रो व्यक्तिको हत्या

Recommended

Korala border customs collects Rs 5.54 billion in revenue

Korala border customs collects Rs 5.54 billion in revenue

8 months ago
Intel Announces New Cloud-to-Edge Technologies to Solve Challenges of Today and Tomorrow

Intel Announces New Cloud-to-Edge Technologies to Solve Challenges of Today and Tomorrow

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.