काठमाडौँ –– पूर्वराजा ज्ञानेन्द्रकै सक्रियतामा संयुक्त जनआन्दोलन समिति गठन भयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता नवराज सुवेदीको संयोजकत्वमा गठित ११ सदस्यीय समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सदस्य छन्।
तर, समितिमा भाँडभैलोसमेत सुरु भइसकेको छ। लिङ्देन र थापा दुबैले आफू त्यस समितिमा नरहने बताएका छन्।
राजसंस्था पुनर्स्थापना, हिन्दू राष्ट्र स्थापना, सङ्घीयता खारेजी अभियानका लागि हुने आन्दोलनमा आफ्नो समर्थन रहे पनि त्यसका लागि कसैले तोकिदिएको समितिमा आफू नबस्ने लिङ्देनले बताएका छन्।
‘समितिका संयोजकले पार्टीमा रहन्न भनिसक्नुभएको छ। त्यसमा रहेका पार्टी नेताहरूले पनि पार्टीको प्रतिनिधित्व गर्नुहुन्न। पार्टीको अपनत्व नरहेको समितिमा रहनुभएका पार्टी नेताका विषयमा पनि पार्टीमा छलफल हुन्छ,’ उनले भनेका छन्।
थापाले पनि आफू समितिमा नरहेको बताएका छन्। आफूलाई दिउँसो फोनमार्फत समितिमा राख्ने कुरा आएको र आफूले नराख्न सुझाव दिँदा पनि समितिमा राखिएको भन्दै उनले भने, ‘समितिमा बस्ने करा भएन। यसबारे भोलिको बैठकले थप निर्णय गर्छ।’
राप्रपाकै कतिपय नेताहरूले समिति बनाउनमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतका नेताहरूको भूमिका खेलेको आशङ्का गरेका छन्। समितिमा मिश्र सदस्य-सचिव छन्।
राप्रपा नेपालका एक नेताले भने, ‘महाराजकै सक्रियतामा समिति बनेको पायौँ। सँगैमा केही साथीहरूको पनि सक्रियता रहेको कुरा आएको छ। यसबारे भोलिको बैठकले फाइनल गर्छौँ।’
तर, समिति सदस्य राखिएका लिङ्देन-थापाहरूले विरोध गरेसँगै पूर्वराजाको ‘एक्सपेरिमेन्ट’ फेल भएको छ।
पछिल्लो प्रजातन्त्र दिवसको आफ्नो वक्तव्यबाट हौसिएका पूर्वराजा ज्ञानेन्द्रलाई गत फागुन २५ गते यिनै दलहरूले हजारौंको उपस्थितिमा अभिनन्दन गरेका थिए।
Trending Now
- रामनवमीमा सरकारले सार्वजनिक बिदा दिने
- Israeli airstrikes kill 400 Palestinians
- A grand welcome for Sunita and Butch, who returned to Earth after 286 days in space
- परशु-कल्पना स्रष्टा सम्मानबाट रसिक र सापकोटा सम्मानित
- विश्व-ज्योति काव्यसम्मान र पाण्डुलिपि पुरस्कार घोषणा
- स्ववियु निर्वाचन : नेविसंघको हालसम्म ९९ कलेजमा जीत
- चितवनमा ६ देशका पाँच नाटक प्रस्तुत हुँदै
- The plane from China landed in Pokhara, returning today with 126 passengers
- Foreign Minister and Ukrainian Foreign Minister Meet in Delhi: Request to Release 7 Nepalis Captured by Ukrainian Army
- Bilateral talks between Foreign Minister Rana and Indian Foreign Minister in New Delhi