मृत अवस्थामा फेला

  

काठमाडौं, १६ साउन

काठमाडौं, तारकेश्वर नगरपालिका-२ पदमसाल बस्ने गोरखा भिमसेन थापा गाउँपालिका-६ अश्राङ घर भएका ४१ वर्षीय दिनेश पाण्डे, उनकै श्रीमती ३८ वर्षीया सुनिता पाण्डे, उनकै छोरी १३ वर्षीया आषिका पाण्डे र छोरा ८ वर्षीय आषिश पाण्डे आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, हरिपुर्वा नगरपालिका-३ धनकौलस्थित आधारभुत निमाबि धनकौलको कम्पाउण्डमा शौचालय निर्माणको लागि बनाईएको खाल्डोमा सोही ठाउँ बस्ने १८ वर्षीय सुशिल कुमार यादव सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्युठान, प्यूठान नगरपालिका-५ जुम्रीकाँडा ठूलोगाँउ आरुडाँडा बस्ने ५६ वर्षीय दाईराम थापा मगर आफ्नै घर नजिकै खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बु, महाकुलुङ गाउँपालिका-१ खिरौले बस्ने ७३ वर्षीय नन्द कुमार राई सोही ठाउँस्थित सिकु खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पश्चिम), सरावल गाउँपालिका-३ गोहिनी बस्ने ४५ वर्षीय विक्रम चौधरी आफ्नै घर नजिक बाटो छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.