वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक बरामद

नवलपरासी(पूर्व), २५ कात्तिक

बौधिकाली गाउँपालिका-४ मोचडाँडा जंगल बिचको गोरेटो बाटो नजिकै चिलाउनेको पात र सोत्तरले छोपी वेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक १ थान बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय डेढगाउँबाट खटिएको गस्ती टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.