Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने

Editorial Team by Editorial Team
July 6, 2022
in Entertainment, World
0
फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार २० काठमाडौं, । फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो ।

फिल्म छायाङ्कनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले यसबारे जानकारी दिएको हो । ३५ दिनको छायाङ्कन तालिका राखिएको फिल्ममा नेपाली कलाकारसमेत हुनेछन् । रक ओपेरा सङ्गीतका चर्चित फ्रान्सेली सङ्गीतकार, निर्देशक तथा लेखकसमेत रहेका सिमोनले ९० प्रतिशत छायाङ्कन नेपाल र बाँकी फ्रान्समै हुने जानकारी दिनुभयो ।

सन् २०१५ को महाभूकम्पको बेला पनि नेपालीलाई सघाउन कन्सर्ट आयोजना गरेका सिमोनले त्यतिबेलादेखि नै नेपालमा फिल्म सुटिङको योजना बनाउनुभएको थियो । उहाँले भन्नुभयो, “धेरै विदेशी मान्छे नेपालमा आउँछन् आध्यात्मिकताको खोजी गर्न । म पनि आएको छु आनन्द र खुसी दिने एउटा फिल्म बनाउन ।”

कोभिड महामारीको कारण नेपालसहित विश्व फिल्ममा सङ्कट आएको बताउँदै निर्देशक सिमोन्ले छायाङ्कन हुन लागेको यो फिल्मले नेपालको पर्यटनलाई पनि सघाउने आशा व्यक्त गर्नुभयो । आफू टपगन, जुरासिक पार्कजस्ता फिल्मको दर्शक भए पनि आफूले फिल्ममा आध्यात्मिकता र सन्देशको खोज गर्न रुचाउने उहाँको भनाइ थियो ।

‘फिल्म फिल्मजस्तै हुनुपर्छ, टिभीजस्तो होइन भन्दै उहाँले ‘ग्ल्यामर’ फिल्ममा आध्यात्मिकता पनि घोलेर खुवाउनुपर्ने धारणा राख्नुभयो । फिल्मले आध्यात्मिकता, सङ्गीत र जीवनको अर्थ  खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा भन्छ । पाभेल नामक मुख्य पात्र नेपालमा आउँदा एक सारङ्गी वादक बालकलाई भेटेपछि उसमा आउने परिवर्तन फिल्मको कथावस्तु हो ।

फिल्मको मुख्य पात्रको रुपमा रहेको बालक दिग्वी पात्रको कास्टिङ चाँडै हुने जनाइएको छ । फिल्मको नेपाल लाइन प्रोड्युसर नेपाल फिल्म प्रोडक्सन प्रालिका प्रमख दिग्विजय भारती र सुरेश अधिकारीले फिल्ममा नेपाली टोली पनि हुने बताउनुभयो ।

मार्चदेखि फिल्म निर्माण सुरु हुने जनाउँदै उनीहरुले काठमाडौँका पर्यटकीय सम्पदा र पर्यटकीय थलोमा छायाङ्कन हुने  जनाए । यो एउटा युनिभर्सल अपिल बोकेको फिल्म हुनेछ । नेपाल फिल्म प्रोडक्सन प्रालिले निकट भविष्यमा पनि अन्य अन्तर्राष्ट्रिय प्रोजेक्टमा पनि काम गर्ने जनाएको छ । कम्पनीका व्यवस्थापक दिग्विजय भारतीले यस फिल्मले नेपालको पर्यटनमा टेवा पुग्ने बताउँदै अर्थपूर्ण र गहिराइको सन्देश बोकेको फिल्म भएकाले आफूहरुले सहकार्य गर्न लागेको बताउनुभयो ।

Advertisement Banner
Previous Post

नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सम्पन्न

Next Post

कवितासंग्रह ‘शार्दुल-सागर’ विमोचन

Editorial Team

Editorial Team

Next Post
कवितासंग्रह ‘शार्दुल-सागर’  विमोचन

कवितासंग्रह ‘शार्दुल-सागर’ विमोचन

Recommended

USAID Mission Director, Sepideh Keyvanshad visited the border to see how Peace Reconciliation Center identifies

USAID Mission Director, Sepideh Keyvanshad visited the border to see how Peace Reconciliation Center identifies

4 years ago
केयुमा ‘आइटी मिट–२०२५’को आयोजना

केयुमा ‘आइटी मिट–२०२५’को आयोजना

4 months ago

Don't Miss

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

April 9, 2026
पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

April 9, 2026
गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.