कवितासंग्रह ‘शार्दुल-सागर’ विमोचन

सूर्यकुमार पण्डितको ‘शार्दुल-सागर’ नामक कवितासंग्रह  विमोचन भएको छ । अनुपम साहित्य सिर्जना प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा मन्जुश्री साहित्यिक समाजका अध्यक्ष डा. बमबहादुर जितालीले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार श्रीहरि फुँयालले पण्डितका कविताले समसामयिकता बोकेको बताए । अनुपम सिर्जना साहित्य प्रतिष्ठानका उपाध्यक्ष जगदीश्वर पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा विभित्र कविहरुद्वारा  आ-आफ्नो रचना वाचन गरिएकाे थियो ।

कार्यक्रममा अनुपम साहित्य सिर्जना प्रतिष्ठानका अध्यक्ष भुवनहरि सिग्देलको स्वास्थ्य लाभको कामना गरिएको थियो । मञ्जुश्री साहित्यिक समाजले उक्त पुस्तक प्रकाशन गरेको हो ।

Comments are closed.