तेलुगू फिल्मले भारतको मूलधार मानिने बलिउडभन्दा ठूलो फड्को मारिसकेको छ । कुनै समय तेलुगू फिल्मलाई क्षेत्रीय भाषाको फिल्मको रुपमा मात्र हेरिन्थ्यो । तर, अहिले सबैभन्दा चासोको इन्डस्ट्री बनेको छ । भारतमै सर्वाधिक पखाई तेलुगू फिल्मको हुने गर्छ । र, कमाईमा पनि अब्बल बनिरहेको छ । तेलुगू फिल्मको बढ्दो बजारसँगै त्यहाँका अभिनेताहरुको पारिश्रमिक चुलिँदो छ ।
‘बाहुबली’ सिरिजपछि करिअरको उत्कर्षमा पुगेका प्रभास तेलुगू इन्डस्ट्रीका महंगा अभिनेतामध्ये एक हुन् । उनले सय करोडभन्दा कम पारिश्रमिकमा फिल्ममा काम गर्दैनन् । फिल्म ‘आदिपुरुष’मा उनले सय करोड बुझेका थिए । त्यस्तै, फिल्म ‘प्रोजेक्ट के’का लागि १५० करोड लिएका उनले प्रदर्शनको तयारीमा रहेको ‘सालार’को दुई भागका लागि तीन सय करोड बुझ्न लागेको चर्चा छ ।
अभिनेता थलापति विजय पनि तेलुगू इन्डस्ट्रीका महंगा अभिनेतामा गनिन्छन् । उनले एउटा फिल्मबापत १ सय २० देखि १ सय ५० करोडसम्म पारिश्रमिक बुझ्ने गरेका छन् । यस वर्षको हिट फिल्म ‘वारिसु’पछि उनले एक फिल्मका लागि २ सय करोड पारिश्रमिक लिन थालेको पनि भारतीय मिडियामा चर्चा छ । यद्यपि, यसको पुष्टि भैसकेको छैन । विजयलाई तेलुगूको हिट मेशिन भन्ने गरिन्छ ।
त्यस्तै, अल्लू अर्जुनले एक फिल्मका लागि ६० करोड, महेश बाबूले ५५ करोड (निर्देशक एसएस राजामौलीको नयाँ फिल्ममा सय करोड पाउने चर्चा), पवन कल्याण र चिरञ्जीवीले ५० करोड, जूनियर एनटीआर र राम चरणले ४५ करोड, रवि तेजा, नानी, विजय देवराकोंडा र वेङ्कटेश दग्गुबातीले १५ करोड र राम पोथिनेनीले १० करोड पारिश्रमिक लिने गरेको भारतीय मिडियामा उल्लेख छ ।एजेन्सी, मुम्बई,
Trending Now
- सर्जकहरूलाई सम्मान र पुरस्कारहरूको घोषणा
- NASA unveils new crew for space mission
- More than one lakh tourists came to Nepal in March
- आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षक महासंघ
- धानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदै
- पत्रकार रजकलाई गोली नलागेको पुष्टि
- निर्दोष नागरिकमाथि गोली हान्न पाइँदैन, प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्छ : ज्ञानेन्द्र शाही
- तीनकुनेमा मारिएका सविनको पशुपतिमा अन्तिम दाहसंस्कार
- काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा
- म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प
Comments are closed.