वीरगन्ज । लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् ।
तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् ।
मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिनुभयो । कार्यालयका अनुसार वीरगन्जको शनिबारको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको थियो ।
आइतबार बिहानको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । बारामा आइतबार विहान ८ : ५६ बजे तापक्रम मापन गर्दा नौ डिग्री सेल्सियस मापन गरिएको छ । वीरगन्ज महानगरले वीरगन्ज आसपासमा जाडो बढेसँगै नारायणी अस्पताल, नयाँबसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले चिसोबाट जनतालाई जोगाउन विभिन्न स्थानमा दाउरा वितरण गरिरहेको जानकारी दिनुभयो । प्रजिअ अर्यालले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण भइरहेको जानकारी दिनुभयो ।
शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
Trending Now
- Nepal-Tibet border earthquake: Death toll reaches 126, 188 injured
- School Building of Shree Bhimgithe Secondary School, Baglung built with Government of India’s financial assistance formally handed over to School Management Committee
- भारतमा पनि भेटियो एचएमपीभीको सङ्क्रमण
- सार्वजनिक यातायातको भाडा बढ्यो
- विष्णु थापा बिछोडको ‘नीलो माइक्रोजस्तो नदी’ कवितासङ्ग्रहको सार्वजनिक
- नेपालमा थप ५७ हिमालको आरोहण खुल्यो
- नवराज रिजालको ‘लौ भन्नोस् त !’ कथासंग्रह प्रकाशित
- नागरिकका गुनासोप्रति संसदीय समिति निरपेक्ष रहन मिल्दैन’: गृहमन्त्री रमेश लेखक
- ओलीमाथि रावलको आक्रोश–तानाशाही प्रवृत्तिविरुद्ध आवाज उठाऔँ
- Canadian Prime Minister Trudeau resigns