Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

गजलकार देवेन्द्र के.सी. ‘देवु’का गजल गुञ्जाए सन्तोषले

Editorial Team by Editorial Team
November 20, 2025
in Literary Festival & Event, Nepal, News
0
गजलकार देवेन्द्र के.सी. ‘देवु’का गजल गुञ्जाए सन्तोषले
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । गजलकार देवेन्द्र के.सी. ‘देवु’का प्रेमिल पंक्तिमा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको स्वर गुन्जिएपछि बुधबार सर्वनाम थिएटर मुग्ध बन्यो।

“नजरबाट कोही पस्यो दिल उघारी
चुमी यी अधरमा बस्यो दिल उघारी”
जस्ता भावनात्मक गजल गुञ्जिँदै थिएटर भरीभराउ बनेको थियो।

लगत्तै प्रस्तुत गरिएको “बोकेर फूलपाती सिउँदाेभरी सजाई / को धाउँदै छ दिलमा छम्‌छम् चुरा बजाई ?” गाउँदा हल ताली र ‘वाह–वाह’को गुञ्जनले भरियो। सन्तोषले करिब दुई घन्टा देवुका बान्की र भावप्रवण शेरहरू शैलीपूर्ण ढङ्गले प्रस्तुत गर्नुभयाे ।
कार्यक्रममा तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहको प्रस्तुति उत्तिकै सशक्त रह्यो।

कार्यक्रमको सुरुवात देवुको भिडियो प्रोफाइल प्रदर्शनबाट गरिएको थियो । गजल अभियन्ता घनेन्द्र ओझाले २०८० देखि २०९० सम्मको दशकलाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’का रूपमा मनाइरहेको बताउनुभयाे । उहाँले गजल गायन अभियान सातै प्रदेश तथा विदेशसम्म पुर्‍याउने लक्ष्य रहेको बताउँदै देवु र सन्तोष दुवैको योगदानको प्रशंसा गर्नुभयाे ।

गजलकार तथा सङ्गीत मर्मज्ञ रवि प्राञ्जलले पछिल्लो समय नेपाली गजल गायनप्रति युवाको आकर्षण बढ्दै गएको उल्लेख गर्नुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि कवि तथा समालोचक प्रा. डा. देवी नेपालले शास्त्रीय बहरमा आधारित गजललाई लोक रङ मिसाएर श्रोतामैत्री बनाउने सन्तोषको शैली प्रशंसनीय रहेको बताउनुभयाे । उहाँले देवुलाई प्रेम–प्रणयसँगै समसामयिक विषयमा समेत प्रभावकारी कलम चलाउने स्रष्टाका रूपमा प्रस्तुत गजलले पुष्टि गर्ने धारणा राख्नुभयाे ।

अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण गजलकार ज्ञानु विद्रोहीले गर्नुभएकाे थियाे ।

नेपाली गजलको विकास र परिष्कारमा दुई दशकदेखि सक्रिय अनाममण्डलीको आयोजनामा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज—नेपाल च्याप्टर, गोल्डेन क्रियसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्यमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

Advertisement Banner
Previous Post

एमसीसी परियोजनामा थप ५ करोड डलर अनुदान

Next Post

प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन राष्ट्रिय सुरक्षा परिषदको बैठक

Editorial Team

Editorial Team

Next Post
प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन राष्ट्रिय सुरक्षा परिषदको बैठक

प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन राष्ट्रिय सुरक्षा परिषदको बैठक

Recommended

आईसीसी टी–२० विश्वकपः आज सुपर–८ का दुई खेल हुँदै

आईसीसी टी–२० विश्वकपः आज सुपर–८ का दुई खेल हुँदै

1 month ago
France and India want to expand cooperation on Rafale aircraft: French President Emmanuel Macron

France and India want to expand cooperation on Rafale aircraft: French President Emmanuel Macron

1 month ago

Don't Miss

Foreign Minister Sishir Khanal says government works to strengthen international relations

Foreign Minister Sishir Khanal says government works to strengthen international relations

April 4, 2026
India-Nepal cooperation: Agreement signed for implementation of seven community development projects

India-Nepal cooperation: Agreement signed for implementation of seven community development projects

April 4, 2026
Nepal: Election police deployed on streets ahead of polls

‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport

April 4, 2026
Dialogue, not intimidation, key to boosting revenue: Finance Minister Swarnim Wagle

Dialogue, not intimidation, key to boosting revenue: Finance Minister Swarnim Wagle

April 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.