वैशाख १२ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौं –– मन्त्रिपरिषद् बैठकले १२ वैशाखमा बस्ने गरी बजेटको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।आफ्ना माग पूरा गराउन काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले विशेष अधिवेशन वा बजेट अधिवेशन बोलाएर भए पनि शिक्षा ऐन जारी गर्न दबाब दिइरहेका छन् ।

Comments are closed.