सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च तापमानका कारण हिमालमा हिउँ पग्लन थालेको भन्दै जलवायु न्यायका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायमा मुद्दा उठाएको बताउनुभएको छ ।
लुक्ला नजिक सुर्केसम्म पुगेको ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वलाई सितल प्रदान गर्ने अग्ला हिमाल कालापत्थर हुनु दुखद् भएको भन्दै विकसित देशहरू संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा भौतिक योजनामन्त्री देवेन्द्र दाहालले खुम्बु क्षेत्रको पर्यटन सडकलाई कालोपत्रे गर्न आवश्यक बजेट ब्यवस्थापन गर्ने आश्वनसन दिनुभयो । रक्षामन्त्री मानवीर राईले जलविद्युत् र पर्यटनमा प्रचुर सम्भावना बोकेको सोलुखुम्बुको सर्वांगिण विकासमा सरकार सचेत रहेको बताउनुभयो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो पर्यटन सडक नेपालको होचो स्थान केचनाकवललाई विश्वको उच्च स्थानमा जोड्न उपयोगी हुने बताउनुभयो ।
सडक उद्घाटन गर्न नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्के पुग्नु भएका प्रधानमन्त्री ओली करिब ३ घण्टा कार्यक्रम स्थलमा बसेर काठमाडौं फर्किनु भएको थियो ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.