काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाल पत्रकार महासंघलाई पत्रकारलाई धम्की दिएको प्रमाणित गर्न चुनौती दिएका छन्।पत्रकार महासंघले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर सुनसरीस्थित धरानका एक जना पत्रकारलाई समाचार लेखेकै कारण गालीगलौज गरेको र धम्की दिने हर्कत भएको भन्दै कारवाहीको माग गरेको थियो ।धरानका पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)मा ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए।
उक्त समाचार प्रकाशित भएपछि मेयर साम्पाङ र उनका समर्थकहरूले धम्की दिएको घटना आएपछि पत्रकार महासंघले यसबारे अध्ययन गर्न समिति नै गठन गरेको थियो।महासंघको प्रतिवेदनमा धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले गोपाल दाहाललाई समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की दिएको उल्लेख छ।पत्रकार महासंघले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएपछि मंगलबार मेयर साम्पाङले एक विज्ञप्ति जारी गर्दै कहाँ, कसरी धम्की दिएको हो प्रमाणित गर्न पत्रकार महासंघलाई चुनौति दिएका हुन्।
Trending Now
- सर्जकहरूलाई सम्मान र पुरस्कारहरूको घोषणा
- NASA unveils new crew for space mission
- More than one lakh tourists came to Nepal in March
- आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षक महासंघ
- धानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदै
- पत्रकार रजकलाई गोली नलागेको पुष्टि
- निर्दोष नागरिकमाथि गोली हान्न पाइँदैन, प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्छ : ज्ञानेन्द्र शाही
- तीनकुनेमा मारिएका सविनको पशुपतिमा अन्तिम दाहसंस्कार
- काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा
- म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प
Comments are closed.