हर्क साम्पाङलाई खानेपानी बोर्डको अध्यक्ष बन्न उच्च अदालतको स्वीकृत

धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्यले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको रुपमा काम गर्ने बाटो खोलिदिएको छ ।

खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालन विराट नगरमा रिट दायर गरेका थिए । धरानमा वाही वाही पाएका मेयर साङपाङले आफूखुशी काम गरेको र बैठक पनि नबोलाएको भन्दै उनी विरुद्ध रिट परेको थियो । रिटमा उच्च अदालत विराटनगरले जेठ २६ गते अल्पकालीन अन्तरिम आदेश दिएर दुवै पक्षलाई बोलाएको थियो ।

अदालतमा  मेयर साङपाङले परम्परा अनुसार आफूले अध्यक्षको रुपमा काम गरेको बताएका थिए ।  उनले बोर्डको अध्यक्ष नगरपालिकाको प्रमुख हुने भन्ने रहेको समेत अदालतमा बताएका थिए । र जसले रिट हाले उनीहरु बोर्डको सदस्य समेत नभएको जिकिर गरेका थिए । ‘निवेदन हेर्दा तत्काल बैठक बोलाइ कार्यकारी समितिको गठनलाई पूर्णता दिनु, कार्यकारी समितिको बैठक नबसी कुनै पनि नीतिगत निर्णय नगर्नु नगराउनु, वैधानिक तरिकाबाट अध्यक्षको छनोट नहुँदासम्म कसैले पनि अध्यक्ष लेखी काम कारवाही नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरिपाउँ भन्ने माग गरेको देखियो,’ उच्च अदालतले जारी गरेको आदेशमा भनिएको छ ।

Comments are closed.