Trending Now

‘हेल्थ जर्नालिस्ट अवार्ड’ नागरिककर्मी पवित्रा सुनारलाई

काठमाडौँ– नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रदान गर्ने पहिलो ‘हेल्थ जर्नालिस्ट अवार्ड’ नागरिककर्मी पवित्रा सुनारलाई प्रदान गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र परिषद्का निर्देशक डा. प्रमोद जोशीले ११औं स्वास्थ्य वैज्ञानिक सम्मेलन तथा परिषद्को स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सुनारलाई तक्मा र प्रमाणपत्रसहित सम्मान गरेका हुन्। स्वास्थ्य क्षेत्रका खोजमूलक तथा अनुसन्धान प्रधान समाचार सम्प्रेषण गर्ने पत्रकारमध्येबाट छनोट गरिएको यस अवार्डका लागि यस पटक आठ जना प्रतिस्पर्धी थिए।

Comments are closed.