Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सहिद दशरथ चन्द ठकुरी प्रति हार्दिक श्रद्धाञ्जली

Editorial Team by Editorial Team
January 30, 2026
in Nepal, News
0
सहिद दशरथ चन्द ठकुरी प्रति हार्दिक श्रद्धाञ्जली
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ--वि.सं. १९९७ माघ १५ गते राती दशरथचन्दलाई शोभाभगवतीमा गोली हानी ज्यान सजायँ दिइएको थियो । राणाशासन बिरुद्ध देशको स्वतन्त्रताका लागि जीवनको आहुती दिएका थिए ।
वि.सं. १९६० असार १७ गते बैतडीमा जन्मनु भएका दशरथ चन्द, नेपालगञ्जका त्यतिबेलाका वडाहाकिम शेरबहादुर चन्दका माहिला छोरा हुनुहुन्थ्यो । बाल्यकाल जन्मस्थान बस्कोट र बुबाको जागीरे ठाउँ नेपालगञ्जमा बिताए पनि वडाहाकिमका छोरा भएको हुँदा शिक्षा दिक्षाको लागी बनारस र अल्मोडा पुग्नुभएको थियो । उता स्वतन्त्रता संग्रामको शुरुवात भइसकेको हुँदा राजनीतिमा लाग्न थाल्नु भयो । जङ्गबहादुरको शासन बिरुद्ध आन्दोलन गर्ने जयचन्द तथा हरिचन्द वहाँकै पुर्खा हुनुहुन्थ्यो ।
बनारसमा इन्ट्रान्स दिएर आइ.ए. पढ्दै गर्दा अचानक वहाँको भेट रामराजा संग भयो । रामराजा जङ्गबहादुरकी छोरी वाग कि कान्छी मैयाको छोरा थिए । मोहन बिक्रम शाह नामले चिनिएका रामराजा चम्पारणका निसन्तान राजाको निधन पछि धर्म छोराको रुपमा चम्पारणको राजा भए पछि रामराजा नामबाट प्रख्यात भएका थिए । यिनै रामराजाले दशरथचन्दलाई चम्पारण विरासतको जग्गाको हेरचाह गर्न म्यानेजर बनाएर चम्पारण लिएर आएका थिए । यस्तैमा एकदिन अचानक रामराजाको दरवारमा दशरथको भेट राणाबाट निश्कासित भएका बाबुछोरा टीकप्रसाद र टंकप्रसाद आचार्य संग भयो । टीकप्रसाद पहिले वडाहाकिम थिए तर पछि खोसुवामा परेका थिए । यहि भेटले एउटा मोड लियो । राणा बिरोधी राजनैतिक पार्टी खोल्ने मनसायले अलग अलग भएर काठमाडौ छिरेका यि दुइकै प्रयासमा पछि प्रजा परिषदको गठन भएको थियो ।
१९९३ जेठ २२ गते धर्मभक्तको घर झोँछेको उनकै कोठामा बसेर छलफल गरि नेपाल प्रजा परिषदको स्थापना भएको थियो । प्रजा परिषद नाम राख्ने बिचार टंकप्रसादले नै गरेका थिए । सो समय यो नामको एउटा संगठन काश्मीरमा शुरु भइसकेको थियो । जसबाट प्रभावित भएर यहिँ नाम राख्न टंकप्रसादले सुझाएका थिए । शुरुका सदस्यहरु दशरथ चन्द, टंकप्रसाद, धर्मभक्त, रामहरी शर्मा तथा जीवराज शर्मा थिए । त्यतिबेला जीवराज र रामहरी त्रिचन्द्रमा संगै पढ्दथे । सो समय टंकप्रसाद र रामहरी कालोपुलमा बस्दथे । दशरथ चन्द ठमेलमा, जीवराज ज्ञानेश्वरमा बस्दथे । धर्मभक्तकै कोठामा बसेर पाँचजनाले शिरमा गीता राखेर कसम खाएका थिए, इमान्दरी पुर्वक देशको सेवा गर्नेछौ । केही समय पछि धर्मभक्तले गङ्गालाल, गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठलाई प्रजापरिषदको सदस्य बनाउन ल्याए । राणाशासन समाप्त गर्ने प्रमुख उद्धेश्य रहेको यो संगठनमा आर्थिक सहयोग दरवारबाट त्रिभुवनले गरेका थिए ।
बिस्तारै गोप्य कामको थालनी भए पछि सबैको नाम छद्म राखियो । राजा त्रिभुवनको नाम मुखिया, प्रधानमन्त्रीको नाम जमदार, टंकप्रसादको नाम प्रकाश, दशरथ चन्दको नाम सेवा सिंह, जीवराजलाई बसन्त, रामहरीको नाम रामगोपाल, धर्मभक्तको नाम अजव बहादुर राखियो ।
चन्द्रमान कम्पाउन्डरलाई पनि पछि राजासंगको सम्वादका लागि थपियो । बिस्तारै चूडाप्रसाद शर्मा, गोविन्दप्रसाद उपाध्याय (पौडयाल), पुस्करनाथ उप्रेती, मुकुन्दनाथ रिमाल, बलबहादुर पाण्डे, ध्रुवप्रसाद दवाडे, फणीन्द्रनाथ सत्याल, चक्रबहादुर खत्री, रामजी श्रेष्ठ, र बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह थपिए । यता शुक्रराज शास्त्री भने आर्यसमाजमा लागेका थिए । तसर्थ उनले आफ्नो भाइ रामजी जोशीलाई प्रजापरिषदमा सदस्य बनाउन लगाए । राणाशासकहरु प्रजापरिषद सम्बन्धि जासुसी गर्न बिभिन्न समुदायमा जासुसहरु पठाउँदै थिए । साथै कुनै पनि समाचार दिनेका लागि नगद रु ५००० पुरस्कार र गतिलो जागीर पनि दिने घोषणा गरेका थिए । यहि लोभमा परेका रामजी जोशीले प्रजापरिषद सम्बन्धि जानकारी सरकारलाई उपलब्ध गराए । जसले गर्दा सबैभन्दा पहिले १९९७ कार्तिक २ गते धर्मभक्त माथेमा समातिए । नरशम्शेर तत्कालै गङ्गालालको घर पनि पुगे । त्यहाँबाट गङ्गालाल पनि समाइए । गङ्गालाल भने महावीर इन्स्टिच्यूटमा आबद्ध थिए । तर दुइ महिना अगाडि मात्र प्रजापरिषदमा सदस्यता लिएका थिए । यसको केही समय पछि नै अन्य पनि समाइए । केही जानकारी रामजी जोशीबाट प्राप्त भएको थियो केही जानकारी धर्मभक्तको फूपुको घरमा छापा मार्न पुगेका पुलिस ठानाका तालुकवाला जर्नेल नरशम्शेरले त्यही भेटिएको टिपोटका आधारमा समाएका थिए । टंकप्रसाद भने दुइ हप्ता अगाडि मात्र कलकत्ता गएका थिए । तर दुर्भाग्य कसैले बाबु टीकप्रसाद शिकिस्त भएको पत्र पठाइदिदा फर्केर जनकपुर पुग्दा समातिए ।
१९९७ माघ १५ गते राती गङ्गालालसंगै दशरथचन्दलाई पनि शोभाभगवती लगिएको थियो । गङ्गालाललाई गोली हान्दा पोडे डराएर गलत निशाना लगाएका थिए । ति पोडेहरु भागे पछि अन्य सिपाही ल्याएर दशरथचन्दलाई गोली हान्न लगाइएको थियो । जसले गर्दा एकै गोलीमा उनको देहावसान भयो ।
राणाशासकहरु जनतालाई त्रसित गराउन भोली पल्ट दिनभर नै लाश उठाउन दिदैनथे । लाश नजिकै ठूलो कागजमा गाठगाडी ताकेमा यस्तै गरिनेछ भन्ने चेतावनी लेखेर राख्ने गर्दथे ।
भनिन्छ १९९७ मा तोकिएको सजायको घोषणा चन्द्रशम्शेरका छोराहरु मोहनशम्शेर, बबरशम्शेर, र केशरशम्शेर जो कमान्डिङ अफिसरहरु थिए को दवावमा जुद्धशम्शेरले गर्न बाध्य भएका थिए । जुद्धशम्शेर त्यति बेला अर्को निर्णयमा पनि समस्यामा परेका थिए ।
राजा त्रिभुवनको नेतृत्वमा अर्को ”रक्तपात मण्डली’ भन्ने गठन भएको थियो । जसको उद्धेश्य राणा परिवारको मुख्य मुख्य सदस्यको हत्या गर्ने थियो । राजाका कम्पाउण्डर चन्द्रमान सैजुलाई नारायणहिटी दरवारको भोजमा आउने निम्तालु उच्च पदस्थ राणाहरुको खानामा बिष मिलाउने जिम्मा दिइएको थियो । जसको कारणले चन्द्रमान सैजुलाई पनि मृत्युदण्ड सुनाउने तथा राजा त्रिभुवनलाई पदच्युत गरि गोरखामा लगेर थुन्ने तथा युवराज महेन्द्रलाई राजा बनाउने मनसाय जुद्धशम्शेरको थियो । जुद्धशम्शेर सामु साँचो बोलेको भनेर चन्द्रमान सैजुलाई सजाय दिइएन सर्वश्वहरण मात्र गरियो ।
राजा त्रिभुवनलाई पदच्युत गर्ने मनसाय भने चन्द्रशम्शेरका छोराहरु जो कमान्डिङ जनरलहरु थिए तिनका कारणले सम्भव भएन । जुद्

Advertisement Banner
Previous Post

चीन–युरोप नजिकिए, दुई महिनामा पाँच देशका नेता पुगे बेइजिङ

Next Post

लैनचौर सहिद पार्कमा शहीदहरूको सम्मानस्वरूप शहीद दिवस मनाइयो

Editorial Team

Editorial Team

Next Post
लैनचौर सहिद पार्कमा शहीदहरूको सम्मानस्वरूप शहीद दिवस मनाइयो

लैनचौर सहिद पार्कमा शहीदहरूको सम्मानस्वरूप शहीद दिवस मनाइयो

Recommended

World Bank Expands Support to Promote a Sustainable Energy Sector in Argentina

2 months ago
‘Nepal-Bangladesh Economic Cooperation’ organized by the Nepali Embassy in Rajshahi, Bangladesh

‘Nepal-Bangladesh Economic Cooperation’ organized by the Nepali Embassy in Rajshahi, Bangladesh

2 months ago

Don't Miss

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

March 1, 2026
Nepal’s insurance sector collected more than Rs 1.2 trillion in premiums during the first six months of the fiscal year

Nepal Life insurers record 13 percent premium growth

March 1, 2026
Investment Board Nepal to operationalize one-stop service center

Nepal Investment Board promotes digital economy collaboration

March 1, 2026
Nepal Election Commission Issues 20-Point Directive Ahead of House of Representatives Poll

Election commission penalizes candidates and strengthens oversight

March 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.