Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Europe

 महारानी एलिजाबेथका शासनका सात दशक

himalaya Diary News Service by himalaya Diary News Service
June 3, 2022
in Europe, Feature, Global News, Kathmandu, Nepal, World
0
 महारानी एलिजाबेथका शासनका सात दशक
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

 

लन्डन —२९ अप्रिल १९२६मा जन्मिएकी महारानी एलिजाबेथ द्वितीय आफैंमा एक जिउँदो र स्वर्णिम इतिहास हुन ।  उनी युनाइटेड किंगडम, क्यानडा, न्युजिल्याण्ड, जमैका, बारबाडोस, बहामास,ग्रेनेडा, पपुआ, न्यु गिनी,सोलोमन,द्वीपसमूह,तुवालु, सन्त लुसिया, सन्त विसेन्ट,, ग्रेनडाइन्स,बेलीज, अन्टिगुवा, बारबुडा तथा सन्त किट्स र नविस की महारमनी हुन् । उनी राष्ट्रमण्डलका ५४ राष्ट्र तथा राज्य क्षेत्रकी प्रमुख हुन् । चर्चकी सर्वोच्च राज्यपाल तथा राष्ट्रमण्डलका १६ स्वतन्त्र सम्प्रभु देशकी संवैधानिक महारानी हुन् ।

बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने ९६ वर्षीया एलिजाबेथले जीवनमा थुप्रै उतारचढावको सामना गर्नुका साथै धेरै प्रकारका रेकर्ड पनि कायम गरेकी छिन ।

११७ देशको भ्रमण गरिसकेकी एलिजाबेथ संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्ष हुन । एलिजाबेथको शासनकालमा १४ जना बेलायती प्रधानमन्त्री र १४ अमेरिकी राष्ट्रपति परिवर्तन भएका छन् ।  १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरिसकेकी एलिजाबेथ २१ हजार बढी समारोहमा सहभागी भइसकेकी छिन् ।

एलिजाबेथ राजकुमारी रहँदा राजपरिवारमा दोस्रो मर्यादा क्रममा थिइन । यसको अर्थ, उनी महारानी बन्ने सम्भावना लगभग शून्य थियो ।

तर सन् १९३६ डिसेम्बरमा राजा एडवार्ड तेस्रोले अमेरिकी महिलासँग विवाह गर्नका लागि सिंहासन त्याग्ने निर्णय लिएपछि भने १० वर्षकी एलिजाबेथलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खुलेको थियो । उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनिन । पिताको निधनपछि सन् १९५२ फेबु्रअरी ६ मा २५ वर्षको उमेरमा एलिजाबेथ द्वितीयले गद्दी आरोहण गरेकी थिइन ।

यिनै बेलायती महारानी एलिजाबेथ द्वितीयले गद्दी आरोहण गरेको ७० वर्ष पुगेको र ब्रिटेनमा उल्लासमय वातावरणमा बनेको छ  । बेलायतमा ‘प्लेटिनम जुब्ली’ मनाउन सार्वजनिक बिदा दिइएको छ । बिहीबारदेखि चार दिनसम्म आयोजना हुने समारोहमा दसौं लाख मानिसले भाग लिइरहेका छन् । बिहीबार लन्डनमा आयोजित परेडमा सैयौं सैनिकसँगै ब्रिटेनको झन्डा बोकेका हजारौं मानिस सहभागी थिए ।

महारानी राजकुमार चार्ल्स, ड्युक अफ केन्टसहित अन्य शाही परिवारका सदस्यहरूमाझ राजदरबारको बाल्कोनीमा देखिएर सैनिक सहित हजारौं सर्वसाधारणलाई हात हल्लाएर प्रेम दर्शाएकी  थिइन । शुक्रबार सेन्ट पल्स गिर्जाघरमा ‘थ्यांक्स गिभिङ’ प्रार्थना गरिनेछ भने शनिबार राजदरबारमा आयोजना गरिने रात्रिभोजमा चर्चित कलाकारहरूले प्रस्तुति दिने छन् ।

राष्ट्रमण्डल सदस्य रहेका ग्रिनल्यान्डदेखि न्युजिल्यान्डसम्म ८० भन्दा बढी मुलुकमा आयोजना गरिने २ लाख बढी स्थानीय कार्यक्रममा लाखौं मानिस सहभागी हुने बेलायत सरकारले जनाएको छ ।

बेलायती संस्कृतिमन्त्री नदिन डोरिसले भनेकी छन्, ‘७० वर्षसम्म ब्रिटिस हुनुको अर्थ एउटा सर्वोच्च संकेतका रूपमा महारानी रहनुभएको छ । सुखमा होस् वा दुःखमा, उहाँको निरन्तर नेतृत्व र अडिग सेवा कैयौं मानिसका लागि प्रेरणाको बनेको छ ।’

सत्तामा सात दशक बिताएकी एजिलाबेथले आफ्नो शासनकालमा निकै धेरै उतारचढाव भोगे पनि उनी कहिल्यै विचलित नभई राजतन्त्र सुरक्षित राख्न सफल भएकी छिन् ।

बेलायती परराष्ट्रमन्त्रीका सल्लाहकार समूहमा रहिसकेका डा. सूर्यप्रसाद सुवेदीका भनाइमा बेलायती महारानी एक शालीन व्यक्तित्व हुन् जसले स्थायित्व र निरन्तरताको प्रतिनिधित्व गर्छिन् ।

स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारीहरू जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गर्दै आएकी महारानीले युवराज चार्ल्स राजा बनेपछि उनकी पत्नी क्यामिला रानी बन्ने स्पष्ट पारिसकेकी छिन् ।

शाही इतिहासकार एवं नेटफिलिक्स शृंखला ‘द क्राउन’ की सल्लाहकार रोबर्ट लेसी भन्छिन्, “‘हामी २० वर्ष पहिलेको राज्यमा छैनौं, जब चार्ल्सको सिंहासनमा आउने सम्भावनामा ठूलो चुनौती थियो । मलाई लाग्छ, आज राजतन्त्र धेरै अश्वशक्तिको साथ ब्रिटिस स्नेहमा सवार छ, यो धेरै दशकदेखि थियो । महारानी एलिजाबेथका कारण यसो भएको हो । उहाँले आफ्नो सम्पूर्ण जीवन बेलायत र राष्ट्रमण्डलको सेवा गर्ने वाचा गर्नुभयो ।”

दोस्रो विश्वयुद्धपछि बिस्तारै उठनलाई प्रयास गरिरहेका बेला एलिजाबेथ सिंहासनमा विराजमान भइन । जीवनयात्रामा उनले धेरै पारिवारिक झमेला बेहोर्नुपर्यो । सन् १९९६ मा राजकुमार चार्ल्स र डायनाबीच वैवाहिक सम्बन्धविच्छेदले शाही परिवारप्रति आलोचना बढ्न थाल्यो । त्यसको अर्को वर्ष डायनाको पेरिसमा कार दुर्घटनामा निधन भएपछि झन् मानिस नकारात्मक बन्दै गए ।

अत्यधिक लोकप्रिय राजकुमारी डायनासँग चार्ल्सको बिग्रेको वैवाहिक सम्बन्ध सुधार्न र डायनाको दुर्घटनापछि गुम्दै गएको जनस्नेह जित्ने चुनौती रानीले सामना गरिन् । रसन् २००५ मा राजकुमार चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरे । दुई वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गरे । रानीले गत वर्ष आफ्ना श्रीमान  गुमाइन । महारनीको उदाहरणीय र स्वर्णिम शासन कालको हार्दिक शुभकामना ।

Advertisement Banner
Previous Post

Noida International University Goes Overseas, Inaugurates New Office In Nepal

Next Post

Nepal: Restoration work on the Krishna Octagonal Temple in #Patan Durbar Square completed

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Nepal: Restoration work on the Krishna Octagonal Temple in #Patan Durbar Square completed

Nepal: Restoration work on the Krishna Octagonal Temple in #Patan Durbar Square completed

Recommended

नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा :तेम्बा तामाङ –

नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा :तेम्बा तामाङ –

8 months ago
युवा र उद्यमीलाई १० हजारबराबरको डलरकार्ड उपलब्ध गराउने घोषणा

Major parties of Nepal disclose significant annual income

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.