काठमाडौं : अमेरिका र दक्षिण कोरियाबीच ऐतिहासिक परमाणु सम्झौता भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलबीच दक्षिण कोरियामा अमेरिकी सशस्त्र पनडुब्बी परिचालन लगायतका विषय समेटेर सम्झौता भएको हो। यो सम्झौतासँगै वासिंटन उत्तर कोरियाविरुद्ध परमाणु हतियारलगायत प्रयोगमा दक्षिण कोरियालाई समेट्न तयार भएको छ।
त्यसको बदलामा दक्षिण कोरियाले आफ्नै परमाणु हतियार विकास नगर्ने सहमति भएको छ। वासिंटन घोषणा भनिने यो सम्झौताले उत्तर कोरियाको आक्रमण रोक्न एक आपसको समन्वयलाई बलियो बनाउने अमेरिकी राष्ट्रपति बाइडेनले बताए।
दक्षिण कोरियाका राष्ट्रपति युनले यो सहमतिले प्रतिवादको क्षमता वृद्धि गरेको र आफ्नो अमेरिका भ्रमण ‘अभूतपूर्व’ भएको दाबी गरे।
युक्रेन युद्ध, जलवायु परिवर्तन लगायत आपसी सम्बन्धबारे चर्चा गर्न अहिले दक्षिण कोरियाली राष्ट्रपति युन अमेरिकामा छन्।
Trending Now
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
- कवि, गीतकार तथा गजलकार प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन सम्पन्न
Comments are closed.