साताको राशिफल:-बैशाख ३० गते देखि जेठ ५ गते सम्म

साताका पर्वहरु:- जेठ १ गते अपरा एकदशीव्रत ,जेठ सक्रान्ती/५ गते वटसावित्रीव्रत, श्रीशनीजयन्ती
मेष 🐏
(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)यो साता कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ,मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ,भौतिक सुख साधन प्राप्त हुने योग रहेकोछ,पारीवारिक सम्बन्धमा सुधार आउनेछ,भोगबिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ,वाणिमा मधुरता छाउनेछ।
वृष 🐂
(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)यो साता कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्षा गर्नु पर्नेछ,मनोबिलासिताका सामान खरीद योग रहेको छ,दाम्पत्य सम्बन्ध बिच सामान्य मनमुटाब रहला,बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ,दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ।
मिथुन 👭(का,कि,कु,घ,ङ,छ,के,को,ह)यो साता खुशिको खवरको सुन्नाले मन प्रशन्न रहला,स्थान परिवर्तनको योग रहेको छ,पारीवारीक सम्बन्ध सुमधुर रहनेछ,ब्यापार ब्यबसायका निम्ती समय उत्तम रहेको छ,नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ,शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ।
कर्कट 🦀
(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)यो साता समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ,मनोबिलासिताका सामान खरीद योग रहेको छ,स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ,खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला,आफन्तहरु टाढिन सक्छन,मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ।
सिंह 🦁
(म,मि,मु,मे,मो,ट,टि,टु,टे)यो साता लगनसिलता अनुरुप फल प्राप्ती नहुनाले मनमा खिन्नता बोध हुनेछ,सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला,मानसिक चन्चताले बिद्या असफल रहला,मित्र जनको सहयोग बाट मन प्रशन्न रहला,नयाँ कामको थालनि हुन सक्छ,बोलिको कारण साथि भाई टाढिन सक्छन।
कन्या 👧🏻
(टो,प,पी,पु,ष,ण,ठ,पे,पो)यो साता पारीवारीक शुख प्राप्त रहनेछ,मेहेनत को राम्रो फल प्राप्त हुनेछ,खानपानमा बिशेष ध्यान दिनुहोला,ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ,भोगबिलासीताका क्षेत्रमा मन जानेछ,हतारमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ,नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ।
तुला ⚖
(रा,री,रु,रे,रो,त,ति,तु,ते)यो साता समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बाट पछि परीने योग रहेकोछ,कामको क्षेत्रमा सामान्य ढिलाई रहन सक्छ,यात्रामा सामान्य झन्झट आउन सक्छ,बल तथा पराक्रम बृद्धि हुने छ,आम्दानि क्षेत्र उत्तम रहने योग रहेको हुदा केही शान्ति महसुस हुनेछ ,मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला।
वृश्चिक 🦂
(तो,ना,नि,नु,ने,नो,य,यी,यु)यो साता दाजुभाई बिच मनमुटाब रहन सक्ला,कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला,भोगबिलासमा समय ब्यतित हुनेछ,कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ,मालसामान हराउन सक्ला,मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ।
धनु 🏹
(ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)यो साता मान्यजनको साथ सहयोग प्राप्त होला,दाम्पत्य जिवन शुखमय बित्नेछ,बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ,कार्यक्षेत्रमा लगाईएको लगन शिलताको कदर हुनाले सामान्य मान सम्मान प्राप्तीको योग रहेकोछ,ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ।
मकर 🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)यो साता अनावश्यक क्षेत्रमा सन्चित रकम खर्चको योग रहेको छ,मालसामान हराउन सक्ला,नयाँ कामको थालनि नगरेकै बेश होला,कामको क्षेत्रबाट सामान्य झमेला ब्यर्होनु पर्ला,निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ,मनोरञ्जनका श्रोत साधनको प्रयोगका क्षेत्रमा समय ब्यतित रहनेछ।
कुम्भ ⚱
(गु,गे,गो,स,सी,सु,से,सो,द)यो साता आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ,गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ,ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ,अध्यन अध्यापनका क्षेत्रमा प्रयोग गरीएको समयले साथ दिनेछ,कुराकाट्ने हरुको बृद्धि हुनेछ,प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ।
मीन🧜‍♀
(दी,दु,थ,झ,ञ,दे,दो,च,ची)यो साता बिद्या प्राप्ति को योग रहेको छ,पारीवारिक झमेला ले सताउनेछ,सहि समयमा सहि निर्णय गर्न सकिने छ,सामान्य बादबिवादमा फस्न सकिनेछ,सामाजिक कार्यका क्षेत्रमा हाल नहालेकै बेश रहनेछ अन्यथा अपजसको सामना गर्नुपर्नेछ।नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ,मित्रजनको सहयोग प्राप्त हुनेछ।


ज्यो.मिलन कृष्ण पोखरेल
भरतपुर १० चितवन

Comments are closed.