साताको राशिफल:-जेठ १३ गते शनिबारदेखि १९गतेसम्म

साताका पर्वहरु:-१४ गते अष्टमीब्रत,गोरखकालीपुजा/१५ गते गणतन्त्रदिवस/१६ गते गङ्गादशहरा/१७ गते निर्जला एकादशीव्रत,तुलसीबीजारोपण
मेष 🐏 (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)यो साता आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान,हातबाट अवसर गुम्न सक्छ,ध्यान दिएर काम गर्नु होला,उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ,मेहनत गर्दा अवसर भने पाइनेछ,सत्कार्यमा जुट्नाले फाइदा होला,दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।स्वास्थ्यमा समस्या आउने योग छ।
वृष 🐂 (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)यो साता स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित नै रहनेछ,सभासम्मेलनमा सहभागीताको योग बन्नेछ,स्वास्थमा सामान्य तनाबको योग बन्नेछ,आम्दानिको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ,कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ,मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ।
मिथुन 👭 (का,कि,कु,घ,ङ,छ,के,को,ह)यो साता साथी भाइहरुबाट फाइदा उठाउन सकिएला,उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन,तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ,व्यवसायमा लगानी बढाउने मौका मिल्न सक्छ,अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ।
कर्कट 🦀 (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)यो साता मित्रजनहरुको लागी साधारण खर्च हुनसक्ने सम्भाबना रहेको छ,खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला,ब्यापार ब्यवसायमा सामान्यतया हानि हुन सक्ने छ,क्रोधको कारण मानसीक चिन्ता रहन सक्छ,नयाँ कार्य थालनिका निम्ति आट शाहसमा कमि आउनेछ,सन्तान सम्बन्धि समस्याले सताउने छ।
सिंह 🦁 (म,मि,मु,मे,मो,ट,टि,टु,टे)यो साता तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ,खानपानमा पनि एकदमै सजक रहनु होला,विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ,विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ,आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ।
कन्या 👧🏻(टो,प,पी,पु,ष,ण,ठ,पे,पो)यो साता मान्यजनको साथ सहयोग प्राप्त नहुनाले मनमा चन्चलताको बास रहला,पारीवारिक सम्बन्धमा सुधार आउनेछ,कष्टकर यात्राको कारणले शारिरिक आलस्यता ले सताउला,पठनपाठनको क्षेत्र भने त्यति राम्रो नरहला,सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ,खानपानको क्षेत्रमा सजग रहनु होला।
तुला ⚖ (रा,री,रु,रे,रो,त,ति,तु,ते)यो साता विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला,प्रेम र मित्रताको बन्धन कसिने बेला छ,दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ,रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला,परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ,दिन सामान्य नै रहेको छ,साथीभाइले काममा सहयोग जुटाउन सक्छन।
वृश्चिक 🦂 (तो,ना,नि,नु,ने,नो,य,यी,यु)यो साता शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ,मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ,माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला,निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ,अर्काको खुशीको लागी अनावश्यक परिश्रम खर्चीनुपर्नेछ।
धनु 🏹 (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)यो साता आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ,लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला,आज ठूला ब्यक्तीहरुबाट मान सम्मान प्राप्त होला,मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ,नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ।
मकर 🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)यो साता तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन,स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला,आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ,टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ,सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ।
कुम्भ ⚱ (गु,गे,गो,स,सी,सु,से,सो,द)यो साता यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनु पर्ने समय छ,पढाइ आज खासै राम्रो छैन,उठ्नु पर्ने रकम हात लागी नहुँदा आर्थिक अभावले सताउन सक्छ,अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ,कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ।
मीन🧜‍♀ (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)यो साता परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ,प्रतिस्ठीत ब्यक्तिहरुको सहयोग प्राप्त हुनाले मन प्रशन्न रहेतापनि अरुको अनुशरण गर्दा प्रिय ब्यक्तिहरु टाढीन सक्ने सम्भाबना रहेको छ,पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ,सामाजिक कार्यको क्षेत्रमा लाग्नुपर्ने समय रहेकोछ।
ज्यो.मिलन कृष्ण पोखरेल
भरतपुर १० चितवन

Comments are closed.