साताको राशिफल:-अशोज ६ गतेदेखि १२ गतेसम्म

साताको चाड एवं दिवस:-८ गते हरिपरिवर्तिनी एकादशी/११ गते ईन्द्रजात्रा/१२ गते पुर्णिमाव्रत
मेष 🐏(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)यो साता पारिवारिक भेटघाटको समय छ,टाढिएका आफन्तहरू नजिकिनेछन,विशेष सभा-समारोहमा भाग लिने मौका छ,मानसम्मान पनि पाइनेछ,धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ,साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ,आस मारेको काम बन्नाले उत्साह जाग्नेछ।शुभ अङ्क-५शुभ रङ् कलेजी, शुभ दिशा-पूर्व ईष्ट देव नारायण मन्त्र ॐ नारायणाय नमः जप सङ्ख्या १६
वृष 🐂(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)यो साता पढाइलेखाइमा प्रगति हुनेछ,बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ,प्रेम र मित्रताको बन्धन कसिएर जाला,पढाइमा सुधार हुने दिन छ,सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ,व्यापार-व्यवसायमा लगानी बढाउन सकिनेछ,विभिन्न अवसरले पछ्याउनेछन,हिम्मतले काम लिने समय छ।शुभ अङ्क-४ शुभ रङ्- रातो शुभ दिशा उत्तर ईष्ट देव भगवती मन्त्र – ॐ दुं दुर्गायै नमः जप सङ्ख्या- ९
मिथुन 👭(का,कि,कु,घ,ङ,छ,के,को,ह)यो साता आत्मीयजनसँग भेटघाट होला,सरसफाइ, वागबगैंचा सम्बन्धी काममा आकर्षित भैएला ,स्वादिष्ट भोजनको आनन्द मिल्नेछ,परिवारजनसँग आत्मीयता बढ्नेछ,पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ,घरमा सुख-समृद्धि बढ्नेछ,बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ।शुभ अङ्क-३ शुभ रङ-गुलावी, शुभ दिशा- पश्चिम इष्ट देव गणेश मन्त्र – ॐ गणेशाय नमः जप सङ्ख्या २१
कर्कट 🦀(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)यो साता केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ,सचेत रहनुहोला,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,आर्थिक अभावले भने अलि सताउनेछ,व्यवसायमा केही उतारचढाव आउला,प्रेम र मित्रताको बन्धन कसिन सक्छ,अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ।शुभ अङ्क-२, शुभ रङ्-सेतो, शुभ दिशा- दक्षिण ईष्ट देव सूर्य मन्त्र ॐ सूर्याय नमः जप सङ्ख्या १२
सिंह 🦁(म,मि,मु,मे,मो,ट,टि,टु,टे)यो साता मनन, ध्यान वा विविध रचनामा रुचि बढ्नेछ,घरमा बसेरै विभिन्न काम सप्पन्न गर्न सकिनेछ,चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ,धैर्यले काम लिने समय छ,बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ,कुटुम्बको सहयोग प्राप्त होला,नोकरी प्राप्त हुने सम्भावना छ।
कन्या 👧🏻(टो,प,पी,पु,ष,ण,ठ,पे,पो)यो साता कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ,प्राकृतिक पर्यावरणमा रमाउने दिन छ,गरेका कामबाट प्रशस्त लाभ हुनेछ,श्रमको उचित मूल्यांकन होला,सन्तानबाट सुख मिल्ने योग छ,रोकिएका काम सुरु हुनेछन,दाम,इनाम र प्रतिष्ठा कमाउने मौका छ,मित्रता र प्रेमको बन्धन कसिन सक्छ।शुभ अङ्क-३ शुभ रङ् – सेतो, शुभ दिशा-उत्तर ईष्ट देव बिष्णु मन्त्र -ॐ बिष्णवे नमः जप सङ्ख्या १२
तुला ⚖(रा,री,रु,रे,रो,त,ति,तु,ते)यो साता लामो यात्राको प्रक्रिया अघि बढ्नेछ,कोशिश गर्दा मात्र लक्ष्यमा पुग्न सकिनेछ,टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ,साथै धनको आर्जन भने होला, आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन,यात्राको योग छ,पठनपाठनमा प्रगति हुनेछ, प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ।शुभ अङ्क-२ शुभ रङ सेतो, शुभ दिशा-पश्चिम ईष्ट देव-गणेश मन्त्र ॐ गणेशाय नमः जप सङ्ख्या २१
वृश्चिक 🦂 (तो,ना,नि,नु,ने,नो,य,यी,यु)यो साता सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ,धन तत्काल खर्च गर्नुपर्ला छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेनैछ,धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ,घरखर्च पनि बढ्नेछ,तपाईंको विचारलाई धेरैले मन पराउनेछन,नाता गाँस्नेहरूले केही दुःख दिनेछन।शुभ अङ्क-१ शुभ रङ् -रातो, शुभ दिशा- दक्षिण ईष्ट देव कुलदेव मन्त्र -ॐ कुलदेवाय नम : जप सङ्ख्या १६
धनु 🏹(ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)यो साता मनमा समझदारी बढ्न सक्छ,कृषि तथा पशुपालनमा खर्च बढ्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पेटको समस्याले सताउन सक्छ,सचेत रहनुपर्नेछ,रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ,धेरैको भलाइ हुने काम गर्न सकिनेछ,लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।शुभ अङ्क- ९ शुभ रङ् कलेजी शुभ दिशा- पूर्व इष्टदेव पितृ देव मन्त्र – ॐ पितृदेवाय नमः जप सङ्ख्या १६
मकर 🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)यो साता दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ,तार्किक क्षमता बढ्नेछ,नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ,पढाइमा प्रगति हुनेछ,धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ,कृषि र पशुपालनबाट फाइदा होला,रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन।शुभ अङ्क-८शुभ रङ् – निलो, शुभ दिशा- उत्तर ईष्ट देव- शिव मन्त्र – ॐ शिवाय नमः जप सङ्ख्या ११
कुम्भ ⚱(गु,गे,गो,स,सी,सु,से,सो,द)यो साता अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ, धनलाभ होला,वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ, चिताएको काम बन्ने देखिन्छ, आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ,नया काम बन्नेछ,रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ, अवसरको खोजीमा दौडधुप गर्नुपर्ला।शुभ अङ्क-७, शुभ रङ्-रातो, शुभ दिशा- पश्चिम ईष्ट देव कुलदेव मन्त्र-ॐ कुलदेवाय नम: जप सङ्ख्या १६
मीन🧜‍♀(दी,दु,थ,झ,ञ,दे,दो,च,ची)यो साता पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ,दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला,खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सल्छ,विद्यार्थीहरुको पढाइलेखाइको स्तर खस्कनेछ, पारिवारिक समस्याहरू देखा पर्नेछन,ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन।शुभ अङ्क-६ शुभ रङ्- निलो शुभ दिशा दक्षिण ईष्ट देव-बिष्णु
मन्त्र- ॐ बिष्णवे नम: जप सङ्ख्या -१६।

ज्योतिष
मिलन कृष्ण पोख्रेल
नारायणघाट

Comments are closed.