Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक उम्मेदवारको सूची बुझाउने मिति पुस १३ र १४

Editorial Team by Editorial Team
December 26, 2025
in Nepal, News
0
६ राजनीतिक दल खारेज
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौै — निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउने मिति पुस १३ र १४ गतेका लागि तोकेको छ । सोहीअनुसार आयोगमा दर्ता भएका दलहरुले सूची छनोटलाई तीब्रता दिइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा बिहीबारदेखि उम्मेदवारका ४ सय आकांक्षीले आ-आफ्ना प्रस्तुति दिन थालेका छन् । त्यसपछि प्राइमरी इलेक्सन, लिडरसिप एकेडेमीलगायतबाट अंकका आधार अन्तिम सूची तय गरिने रास्वपाले जनाएको छ ।
नेपाली कांग्रेसले जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने मापदण्ड बनाएको थियो । सोहीअनुसार सिफारिस गर्न पार्टीले तल्ला कमिटीलाई निर्देशन दिएको थियो । सबै जिल्लाबाट सूची आइसकेकाले अब केन्द्रीय कार्यसम्पादन समितिले टुंगो लगाउने कांग्रेसले जनाएको छ ।
निवार्चनभन्दा पनि प्रतिनिधिसभा पुनस्थापनको वकालत गर्दे आएको नेकपा एमालेले समेत तोकिएकै मितिमा बन्द सूची बुझाउने तयारी गरेको छ । एमालेले सबै जिल्ला अध्यक्षलाई आकांक्षीहरुको नाम पठाउन भनेको थियो । अब समानुपातिकतर्फको बन्दसूची बुझाउने प्राविधिक तयारीसमेत पुरा गरिसकेको र विगतमा अवसर पाए-नपाएको हेरेर उम्मेदवार बनाउने एमालेको निर्वाचन आयोगले जनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले पनि संविधान तथा कानुनले तोकेबमोजिम महिला, दलित, जनजातिलगायतका क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्न भनेको थियो । त्यस्तै शहीद परिवार, बेपत्ता परिवार, द्वन्द्व–पीडित, घाइते, अपांगता भएका तथा आर्थिक रूपले विपन्न वर्गलाई पनि नेकपाले प्राथमिकतामा राखेको छ । पार्टीका विभिन्न तह र मोर्चाले गरेको सिफारिसका आधारमा सूची बुझाउने तयारी नेकपाले गरेको छ ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले युवा र विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिका साथै पार्टीका पुराना नेतालाई समेटेर सूची तयार पार्ने काम गरिरहेको जनाएको छ । जनता समाजबादी पाटी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजबादी पार्टीलगायत नयाँ-पूराना सबै दलले आन्तरिक तयारीलाई तीव्र पारेका छन् ।

Advertisement Banner
Previous Post

रौतहटमा आत्महत्याका घटना बढ्दैः सामाजिक समस्या बन्दै आत्महत्याको प्रवृत्ति

Next Post

चुनाव नलड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

Editorial Team

Editorial Team

Next Post
चुनाव नलड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

चुनाव नलड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

Recommended

Nepal hotels to ban single-use plastic by 2024

Upcoming election slows foreign tourist arrivals in Nepal before peak season

6 months ago
Nepal celebrates National Agricultural Biodiversity Day with festival in Kathmandu

Nepal celebrates National Agricultural Biodiversity Day with festival in Kathmandu

7 months ago

Don't Miss

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

August 14, 2026
राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

August 14, 2026
बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

August 14, 2026
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.