Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

चिनियाँ सेनाको नेतृत्वमा ठूलो रिक्तता: सी चिनफिङद्वारा २३ जनरल बर्खास्त

Editorial Team by Editorial Team
February 5, 2026
in News, World
0
चिनियाँ सेनाको नेतृत्वमा ठूलो रिक्तता: सी चिनफिङद्वारा २३ जनरल बर्खास्त
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– चीनको जनमुक्ति सेनामा तीन वर्षयता यस्तो परिवर्तन देखिएको छ, जुन देशको इतिहासमा कहिल्यै देखिएको थिएन ।
सन् २०२३ को सुरुआतमै चीनसँग कम्तीमा ३० जना जनरल र एडमिरलहरू थिए, जसले विभिन्न विशेष विभाग र थिएटर कमान्डहरूको नेतृत्व गरिरहेका थिए ।
न्युयोर्क टाइम्सका अनुसार, तीमध्ये लगभग सबैलाई या बर्खास्त गरिएको छ अथवा उनीहरू अचानक बेपत्ता भएका छन् । अहिले सातजना जनरलहरू मात्र सक्रिय देखिएका छन् ।
आधुनिक चीनको इतिहासमा यति ठूलो सैन्य उथलपुथल पहिले कहिल्यै देखिएको थिएन । अमेरिकी गुप्तचर एजेन्सीका विज्ञहरूका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ आफ्नै सैन्य नेतृत्वमाथि आवश्यकताभन्दा बढी शंका गर्न थालेका छन् ।
सन् २०१६ मा सी चिनफिङले चीनको सैन्य संरचनामा आमूल परिवर्तन गर्दै ७ सैन्य क्षेत्रलाई हटाएर पाँचवटा ‘थिएटर कमान्ड’मा विभाजन गरेका थिए । यसको उद्देश्य युद्धको स्थितिमा स्थल, जल, वायु र मिसाइल फोर्सले एकीकृत रूपमा काम गरुन् भन्ने थियो ।
यो अभियानमा विशेष गरी साउदर्न, वेस्टर्न र नर्दन थिएटर कमान्डका अधिकांश उच्च अधिकारीहरू हटाइएका छन् ।
सी चिनफिङ आफैँ अध्यक्ष रहेको यस शक्तिशाली कमिसनमा सन् २०२२ मा उनले आफैँले नियुक्त गरेका ६ मध्ये पाँचजना जनरल अहिले बर्खास्त भइसकेका छन् । हाल त्यहाँ केवल जनरल झाङ शेङमिन मात्र बाँकी छन्, जसले सीको सैन्य ‘सफाई’ अभियानको निगरानी गरिरहेका छन् ।
गत महिना सीले ‘सेन्ट्रल मिलिटरी कमिसन’बाट भाइस चेयरम्यान झाङ युक्सिया र टप कमान्डर जनरल लियु झेनलीलाई एकैसाथ हटाएपछि विश्वभर चर्चा चुलिएको छ ।
जनरल झाङले नै सन् २०२३ मा सीलाई तेस्रोपटक राष्ट्रपति बन्न महत्वपूर्ण सहयोग गरेका थिए । उनीमाथि पार्टीभित्र छुट्टै गुट बनाएको र फुट ल्याउन खोजेको आरोप लगाइएको छ । विज्ञहरूका अनुसार झाङ निकै शक्तिशाली बन्दै गएकाले उनलाई हटाइएको हो ।
जर्मनीका राजनीतिक वैज्ञानिक मार्सेल डिर्ससका अनुसार यस्ता शासकहरूलाई आन्दोलनकारी वा विपक्षीभन्दा पनि आफ्नै नजिकका मानिसहरूबाट बढी खतरा महसुस हुन्छ । उनले भने, “एक तानाशाह सधैँ शंकाको घेरामा रहनुपर्छ । वरपरका मानिसहरूले प्रायः सत्य बोल्दैनन्, त्यसैले को साँच्चै वफादार छ र को देखावटी मात्र हो भन्ने छुट्याउन गाह्रो हुन्छ ।”
पूर्वसीआईए विश्लेषक जोन कल्भरका अनुसार सी चिनफिङको नेतृत्वमा शंका कुनै कमजोरी नभएर उनको शक्तिको विशेषता हो । यस्तै कठोर स्वभावकै कारण उनले पुराना शक्तिशाली नेता र संस्थाहरूलाई दबाएर लामो समयदेखि सत्तामा टिकिरहन सफल भएको कल्भरको विश्लेषण छ ।
चिनियाँ सैन्य अखबारले भने यो कदमले केही समयका लागि समस्या आए पनि अन्ततः सेना अझ बलियो भएर हुने दाबी गरेको छ । एजेन्सी

Advertisement Banner
Previous Post

सातबुँदे घोषणापत्र जारी गर्दै दुईदिने १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न

Next Post

Bhim Baduwal: A Committed Leader Who Made Social Service and Clean Politics His Life’s Mission

Editorial Team

Editorial Team

Next Post
Bhim Baduwal: A Committed Leader Who Made Social Service and Clean Politics His Life’s Mission

Bhim Baduwal: A Committed Leader Who Made Social Service and Clean Politics His Life's Mission

Recommended

IMDb Announces the Most Popular Indian Movies and Series of 2025

IMDb Announces the Most Popular Indian Movies and Series of 2025

10 months ago
$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB Supports Thailand’s First Social Bond Issued by State-Owned Government Savings Bank

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.