१०.७ प्रतिशतले खुम्चियो मानिसको मस्तिष्क, यस्तो छ मुख्य कारण

मानव मस्तिष्कको आकार निरन्तर संकुचन (साँघुरिंदै अर्थात खुम्चिदै) भइरहेको छ । मस्तिष्कको आकार घटिरहेको छ । यसको मुख्य कारक तत्व जलवायु परिवर्तन हो ।

जलवायु परिवर्तको दर जुन तरिकाले बढ्दै जानेछ त्यसरी नै मानव मस्तिष्कको आकार पनि घट्दै जाने एक अध्यनले निष्कर्ष निकालेको छ ।

अध्ययनले के भन्छ ?

हाल वैज्ञानिकहरूसंग पछिल्लो ५० हजार वर्षमा जलवायुमा आएको परिवर्तनसँगै मानिसको शरिरमा हुने परिवर्तन सम्बन्धी सम्पुर्ण रेकर्डहरू छ ।

क्यालिफोर्नियास्थित प्राकृतिक इतिहास संग्रहालयका वैज्ञानिक जेफ मोर्गन स्टिबलले परिवर्तनशील मौसमको तनावलाई मानिसले कसरी सहन सक्छ भन्ने अध्ययन गरेको थियो ।

नेचरल हिस्ट्री म्युजियमका वैज्ञानिक जेफ मोर्गन स्टिबलले बदलिंदो जलवायु परिवर्तनबाट सिर्जित तनावलाई मानिसले कसरी खपिरहेको छ र जलवायु परिवर्तनसँग मानिसको मस्तिष्क कसरी अनुकूलित भएको छ भन्ने कुराको अध्ययन गरेका हुन् ।

उक्त शोधको रिपोर्ट ब्रेन, बिहेवियर एण्ड इभोल्यूसन जर्नलमा प्रकाशित भएको छ ।

प्रकासित उक्त अध्यनको अनुसार अहिले विश्वभर जसरी मौसम बदलीरहेको छ, जलवायुमा परिवर्तन अइरहेको छ र तापमानमा वृद्धि भैरहेको छ यस्तो अवस्थामा मानिसको मस्तिष्कमा पर्ने जलवायु परिवर्तनको प्रभावलाई बुझ्न सहज छैन ।

तर जलवायु परिवर्तनको कारण मानिसको दिमाग संकुचित हुँदै गइरहेको छ जसले गर्दा मानिसको व्यवहारमा पनि असर परिरहेको छ ।

जलवायु परिवर्तनसँगै मानिसको मस्तिष्क खुम्चिँदै र सानो भैरहेको छ । यसले मानिसको व्यवहारमा पनि असर परिरहेको अध्ययनबाट पुष्टि भएको वैज्ञानिकहरूले दाबी गरेका छन् ।

अध्ययनको क्रममा जेफ मोर्गनले २९८ मानव मस्तिष्कको आकारको अध्ययन तथा नापजाच गरेका थिए । जुन मानिसका मस्तिष्कका पुरानो जिवाश्महरु थिए । उनले अध्ययनको लागि लिएको मानव मास्तिष्कहरू ५० हजार वर्ष पुरानादेखि नयाँसम्मका रहेका बताएका छन् । ती मस्तिष्कका विभिन्न ३७३ वटा मापन लिइएको थियो ।

उनले यस अवधिमा विश्वव्यापी तापक्रम, आर्द्रता र वर्षाको तथ्याङ्ककोपनि अध्ययन गरेका थिए । त्य क्रममा  एउटा डरलाग्दो तथ्याङ्क बाहिरिएको उनले बताए । त्यसक्रममा के देखियो भने जब जलवायुमा परिवर्तन आएर गर्मी बढ्दछ तब मानिसको दिमागको औसत आकार घट्न थाल्दछ । जबकि चिसो मौसममाचाहिं मस्तिष्कको आकार बढ्दछ ।

“तापमान बढ्नु, मौसम बदलिनु तथा जलवायु परिवर्तनका कारण मानिसको मस्तिष्कमा संकुचन आइरहेको छ र आकार घटिरहेको छ । भविष्यमा यसले अझै खतरनाक अवस्था पैदा गर्नेवाला छ” अध्ययनले पुष्टि गरेको छ ।

जतिबेला हावापानी तातो हुन्छ । मस्तिष्कको औसत आकार घट्न थाल्छ। जबकि, जाडो मौसममा यसको विस्तार हुन्छ।

जेफ मोर्गन भन्छन् ‘यो मेरो पुरानो अध्ययनमा पनि प्रकट भएको थियो। तर म यसको जरासम्म जान चाहन्थेँ। मानिसको मन समय–समयमा परिवर्तन हुँदै गयो। तर यसको अध्ययन निकै कम भएको छ ।’

जेफले विगत केही मिलियन वर्षमा धेरै प्रजातिका जीवहरूको मस्तिष्क बढेको बताए। उनका अनुसार कतिपय प्रजातिका जीवहरुको मस्तिष्कको आकार भने पछिल्ला केही लाख वर्षयता बढिरहेको छ । मानिसको हकमा भने त्यसको उल्टो भएको छ ।

जेफले ५० हजार वर्ष पुरानो २९८ मानव मस्तिष्कको ३७३ मापन जाँच गरेका थिए। यससँगै मस्तिष्क भेटिएको भौगोलिक स्थानको मौसमबारे पनि अनुसन्धान गरिएको छ । ताकि हावापानी थाहा पाउन सकियोस् ।

अध्ययनका क्रममा जेफले मस्तिष्कका नमूनाहरुलाई १०० वर्ष, पाँच हजार वर्ष, १० हजार वर्ष र १५ हजार तथा त्योभन्दा बढीको वर्गमा बाँडेका थिए । यसबाट उनले चारवटा अलग अलग समयको अलगत अलग मौसमको हिसाब गर्दै त्यसको हिसाबले मस्तिष्कको आकारको विश्लेषण गरेका थिए ।

उनले उक्त मौसमजन्य तथ्यांक युरोपेली परियोजना फर आइस कोरिंग इन अन्टार्कटिका डोम सीबाटबाट लिइएका थिए । यो परियोजनाले ८ लाख वर्ष पहिलेसम्मको पृथ्वीको सतहको तापक्रमको रेकर्ड राख्दछ ।

पछिल्लो ५० हजार वर्ष ग्लेसियल मेक्सिमम भनिने अवधि थियो । जसका कारण पृथ्वीको औसत तापमान चिसो रहेको थियो । तर यो लेट प्लेस्टोसिन सम्म मात्र रह्यो । त्यसपछि आएको होलोसिन अर्थात् आधुनिक मानिसको संसारमा तापमान बढ्न थाल्यो, त्यसपछि तापक्रम रोकिएन, र आजसम्म पनि रोकिएको छैन ।

होलोसिन सुरु भएदेखि अर्थात् करिब १२ हजार वर्षअघिसम्म मानव मस्तिष्कको आकारमा १०.७ प्रतिशतले कमी आएको अध्ययनले देखाएको छ ।

जेफका अनुसार अन्तिम ग्लेसियल मेक्सिमम (हिमनदी) १७ हजार वर्ष अघिदेखिबाट सुरु भएको थियो । त्यसयता लगातार तापक्रम परिवर्तन भइरहेको छ । मौसम बदलिँदै छ । जसका कारण मानिसको मस्तिष्क पनि सानो हुँदै गएको छ ।

मानव मस्तिष्क साँघुरिने प्रक्रिया पछिल्लो ५ देखि १७ हजार वर्षको बीचमा सबैभन्दा बढी संकुचित भएको  उनको भनाइ छ । यसको मुख्य कारण ग्लोबल वार्मिङ अर्थात विश्वमा बढिरहेको तापमान हो । यो निरन्तर बढिरहेको छ । जसको असर मानव मनमा लामो समयसम्म नराम्रो हुन्छ ।

लामो समयमा यसको असर मानिसको दिमागमा पर्नेछ र मस्तिष्कको आकार अझै सानो हुनेछ । मस्तिष्कको आकार घट्नुको असर मानिसको शरीरमा तथा व्यवहारमा पनि पर्ने पक्का छ । तर त्यसबाट कस्तो असर पर्दछ भन्ने कुरा चाहिं थप अध्ययनको विषय नै रहेको छ ।

जेफ भन्छन्, ‘मेरो अध्ययले तापमान बढ्नु अर्थात बृद्धि हुनु, मौसम बदलिनु तथा जलवायु परिवर्तनका कारण मानव मस्तिष्क संकुचित हुँदै गएको पुष्टि गरेको छ । मस्तिष्कको आकार घटिरहेको छ । भविष्यमा यसले अझै खतरनाक अवस्था पैदा गर्नेवाला छ ।’

– एजेन्सी

Comments are closed.