मलाई घेराबन्दीमा पार्ने काम भइरहेको छः सुदन किराँती

‘नेपालका बौद्ध तीर्थस्थलहरू’ शीर्षक पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम नगर्ने बरु राजीनामा गर्ने बताए ।

‘पटक पटकको घेराबन्दी तोड्नुभएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नेतृत्व विगतमा युद्ध लड्नका लागि मात्र हैन अहिले मुलुकका लागि समृद्धि हासिल गर्न पनि त्यतिकै आवश्यक छ,’ उनले थपे ।

पुस्तकका लेखक तथा सम्पादक गेशे थुब्तेन शेराब छन् । बुद्धसँग सम्बन्धित तीर्थस्थलहरू, बोधित्वसँग सम्बन्धित तीर्थस्थलहरू र बज्रयान सम्बन्धित तीर्थस्थलहरू गरी तीन खण्डमा विभाजित उक्त पुस्तक अनुसन्धान केन्द्र, लुम्बिनी बौद्ध विश्वविद्यालय, पर्सा र नेपाल बौद्ध महायान केन्द्र गुम्बा, कपनले प्रकाशन गरेको हो ।

नेपाली तथा तिब्बती भाषामा निकालिएका दुवै प्रति पुस्तकको थेरवाद, महायान र बज्रयानका धर्मगुरुहरूको उपस्थितिमा लोकार्पण गरिएको हो । गुरु लोसाङ नाम्ग्याल रिम्पोछेको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रो। सुमन्तराज न्यौपाने तथा इन्टरनेशनल बुद्धिष्ट एकेडेमीका खेन्पो डा। ङवाङ ज्योरदेनले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

Comments are closed.