विराटनगर– मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी ५ जनालाई खोलाले बगाएको छ। बुढीखोलामा आएको बाढीले मंगलबार दिउँसो सुन्दरहैचाका ४ महिलालाई बगाएको छ भने मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको छ।
सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बुढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले ४ जना महिलालाई बगाएको हो। यसरी बगाउनेहरूमा सुन्दरहरैचा – ५ की २२ वर्षीय स्वस्तिका चौधरी, सोही स्थानकी ६० वर्षीय असरादेवी चौधरी, ३० वर्षीय फुला चौधरी, २२ वर्षीय फुदनी भनिने प्रेमकला चौधरी रहेका छन्।
बाढीले बगाएकामध्ये २२ वर्षीय स्वस्तिका चौधरीको स्थानीयले उद्धार गरेका छन्। प्रेमकला चौधरीको बुढीखोलाको पश्चिम किनारमा खण्ड सुनसरी ४ मा शव फेला परेको छ। असरादेवी, फुला चौधरी बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबिच विद्यालय जाँदै गरेका मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई गोविने खोलाले बगाएको छ। बिहान ९ बजे खोलाले बगाएका उनको शव करिब एक सय मिटर तल भेटिएको वडाध्यक्ष शिवप्रसाद तामाङले बताए। बालक केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए।
याङ्शीलाबाट स्कुल पुग्न करिब १ घण्टा लाग्छ। विद्यालय जाँदै गरेका ५(६ जना बालबालिका एकैपटक बाढी आएको खोलामा छिरेका थिए। एक जनालाई बाढीले बगाएको थियो भने अरू विद्यार्थी बाहिर निस्किएका थिए।
Trending Now
- अनिता कोइरालाको उपन्यास ‘उज्यालो औँसी’माथि अन्तरक्रिया सम्पन्न
- शिव प्रधानको ‘प्रेमाश्रु’ उपन्यास लोकार्पण
- नेपाल पत्रकार महासंघको नवनिर्वाचित अध्यक्ष निर्मला शर्मा सम्मानित
- घुम्न जाऔं बर्दिया अभियान सुरु
- निर्वाचन प्रणालीलाई परिमार्जन गर्नुपर्छ: गगन थापा
- Sumnima Tuladhar appointed as Ambassador to Denmark
- संघीय संसद्का पाँच वटा संसदीय समितिका बैठक आज बस्दै
- मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन
- एनपीएलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जिते कार
- एनपीएलमा कसले के अवार्ड पाए ?
Comments are closed.