पछिल्लाे २४ घण्टामा बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु , २ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर बाढी, पहिरो र चट्याङ्बाट जनाको ज्यान गएकाे छ ।

पछिल्लाे २४ घण्टामा पहिरोबाट ८, चट्याङ लागेर ५ जना र बाढीमा परी १ गरी १४ जनाकाे ज्यान गएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ ।

पहिराेमा परी ओखलढुंगामा १, लम्जुङमा ५ र कास्कीमा २ जनाकाे ज्यान गएकाे हाे । चट्याङले लागेर झापामा २, रोल्पामा २ र सुनसरीमा १ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ ।

विपद्‍का घटनामा परी २ जना बेपत्ता भएका र ९ जना घाइते भएका प्राधिकरणले जनाएकाे छ । ५ जना पहिरो, ३ जना चट्याङ लागेर र १ जना बाढीमा परी घाइते भएका हुन् ।

Comments are closed.