काठमाडौँ,कमलादी ।२०८१वैशाख । नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभयो ।नव वर्ष २०८१ सालकाे उपलक्ष्यमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शन, समाजशास्त्र लगायतका पुस्तक राखिएका छन् । प्रदर्शनीको मूल उद्देश्य पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको छ ।
“सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढेको प्रतिष्ठानले महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तक प्रदर्शनीमा राखेको छ । हिमाल, पहाड, मधेस- तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका काेशहरू प्रदर्शनी स्थलमा राखिएका छन्।
प्रज्ञा नेपाली बृहत् शब्दकाेश १ प्रति खरिदमा २०% छुट र दुई प्रतिकाे खरिदमा २५% छुट र नयाँ तथा पुराना सबै पुस्तकहरूमा ४० प्रतिशत छुट रहेको छ । प्रदर्शनी २०८१ वैशाख ४ देखि१८ गतेसम्म रहनेछ । प्रदर्शनीमा पुन: प्रकाशन भएका अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जाेशिकाे प्राचीन अभिलेख, गुमानसिंह चामलिङकाे एरिस्टाेटल र उनका काव्य शास्त्र ‘पेरी पाेइएतिकेस’, काठमाडौँ उपत्यकाका नेवारी लाेकगीत लगायतका पुस्तकहरू ४०% छुटमा पाइन्छ । प्रतिष्ठानका
नयाँ प्रकाशन ‘समाज अन्वेषण’, ‘मिक’, ‘लाबाङ्गी’ पत्रिका, नेवारी भाषाका कथाहरू लगायतका पत्रिका तथा कृतिहरू प्रदर्शनी स्थलमा राखिएकाे छ । सधैँ झैँ साझा प्रकाशनका कृतिहरू पनि प्रदर्शनीमा राखिने छ ।
Trending Now
- The presence of startups from the United Kingdom, Germany, the US and the Region of Latin America grows among the 100 finalists of the Startup Competition 2024
- India in Nepal (Embassy of India Kathmandu) hosted 20 Nepali ITEC Alumni from the course on Water Resource Development & Management held at National Water Academy, Pune
- Finance Minister of Nepal Mr. Barsha Man Pun launched 3rd edition of the Handbook for Indian Investors Investing in Nepal by Nepal-India Chamber of Commerce & Industry at the Nepal Investment Summit 2024
- The way to the fourth camp of Everest is open
- नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा कविता महोत्सव–२०८१ का लागि कविता आह्वान
- Israel airstrike in Rafah, at least 20 dead
- Investment conference concluded: These are the important deals
- रोशन थापाको ‘सन्त्रासका साठी दिन’ बजारमा
- मोहन वैद्य नेतृत्वको पार्टी फुट्यो
- रास्वपा र नेकपा एसकासहित १६ उम्मेदवारको जमानत जफत
Comments are closed.