प्रज्ञा-प्रतिष्ठानको दुईदिने रैथाने ज्ञानउत्सव भरतपुर चितवनमा हुँदै !

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान संस्कृति ,लोकवार्ता तथा मौलिक इतिहास विभागको आयोजनामा भरतपुर चितवनमा दुईदिने रैथाने ज्ञानउत्सव हुने भएको छ ।सो कार्यक्रम अन्तर्गत २०८१ वैशाख ७ गते कुमालजाति र ८ गते थारु जातिको सांस्कृति पक्षको संवाद गरिने भएको छ।यी दुवै कार्यक्रम प्रतिष्ठानका कुलपति भूपाल राई र सदस्य सचिव डा .धनप्रसाद सुवेदीको समुपस्थितिमा हुने भएको छ ।यस कार्यक्रममा कुमाल र थारू जातिका सांस्कृतिक झाकीहरूको प्रदर्शन र खोजमूलक कार्यपत्र प्रस्तुत गरिने भएको छ ।

Comments are closed.