Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रेस स्वतन्त्रता हनन‍्का घटनामा वृद्धि : नेपाल पत्रकार महासङ्घ

Editorial Team by Editorial Team
January 1, 2026
in Nepal, News
0
प्रेस स्वतन्त्रता हनन‍्का घटनामा वृद्धि : नेपाल पत्रकार महासङ्घ
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाल पत्रकार महासङ्घले सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा करिब तेब्बरले वृद्धि भएकामा ध्यानाकर्षण गराएको छ।
महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बन्दै जानु, पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा जोखिम बढ्नुले प्रेस स्वतन्त्रता थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख छ।
महासङ्घको अनुगमनअनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १३९ वटा घटना अभिलेख भएका छन्। त्यसमा ११८ जना पत्रकार तथा सञ्चारकर्मी र ३१ वटा सञ्चारगृह प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। दुई जना पत्रकारको मृत्यु भएको छ।
गत वर्ष सन् २०२४ मा ६० र सन् २०२३ मा ५८ वटामात्र यस्ता घटना भएका थिए। सन् २०२४ को तथ्याङ्कसँग तुलना गर्दा सन् २०२५ मा हननका घटनामा करिब तेब्बरको हाराहारीमा वृद्धि भएको महासङ्घले जनाएको छ।
महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्ने किसिमका कानुनी प्रावधान अघि सारिएको, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा कठोर संशोधन गरिएको र फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने अलोकतान्त्रिक निर्णय गरिएको उल्लेख गरेको छ।
भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा मात्र २६ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए। उक्त आन्दोलन र त्यसपछिको हिंसात्मक घटनामा १०० भन्दाबढी पत्रकार तथा सञ्चारगृह प्रभावित भएका थिए। सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड हुँदा करिब ६० करोड रुपैयाँ बराबरको संस्थागत क्षति र १८ करोड रुपैयाँ बराबरको निजी सम्पत्तिको क्षति भएको महाङ्घले जनाएको छ। पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए।
त्यसैगरी आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा हुनसक्ने प्रेस स्वतन्त्रता हननप्रति सचेत रहन पत्रकार जगत् र सरोकारवालालाई आह्वान गरेको छ।

Advertisement Banner
Previous Post

परराष्ट्रमन्त्री शर्मा बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाको राजकीय अन्त्येष्टिमा सहभागी

Next Post

निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपिमाथि विमर्श सम्पन्न

Editorial Team

Editorial Team

Next Post
निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपिमाथि विमर्श सम्पन्न

निर्बन्ध- आख्यान कृतिको पाण्डुलिपिमाथि विमर्श सम्पन्न

Recommended

Managing Director of IMF meets Sri Lankan President to review Sri Lanka’s Economic Recovery

Managing Director of IMF meets Sri Lankan President to review Sri Lanka’s Economic Recovery

3 weeks ago
RSP and Kathmandu mayor Balendra Shah reach ‘broad unity’ deal; Balendra Shah named prime ministerial face

RSP and Kathmandu mayor Balendra Shah reach ‘broad unity’ deal; Balendra Shah named prime ministerial face

2 months ago

Don't Miss

Calling Young Innovators: James Dyson Award 2026 Opens for Entries with INR 37 Lakh Global Prize

Calling Young Innovators: James Dyson Award 2026 Opens for Entries with INR 37 Lakh Global Prize

March 12, 2026
युद्ध रोक्न इरानले राखेका सर्तहरू

युद्ध रोक्न इरानले राखेका सर्तहरू

March 12, 2026
पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा

पूर्वी डीआर कंगोमा ड्रोन आक्रमणको संयुक्त राष्ट्रसंघीय मिसनद्वारा निन्दा

March 12, 2026
नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम

नेपालका औषधि उद्योगहरूको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता, आत्मनिर्भर बन्न आग्रह:डा. सुधा गौतम

March 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.