Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

डा.सन्दुक रुइत ‘दृष्टिका देवता’

Editorial Team by Editorial Team
December 21, 2025
in Feature, Nepal, News
0
डा.सन्दुक रुइत ‘दृष्टिका देवता’
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– डा.सन्दुक रुइत जस्लाई ‘दृष्टिका देवता’ पनि भनिन्छ।उनले लाखौं मानिसलाई उपचार मार्फत आँखा देख्न सक्ने बनाइदिए।
केही दिनअघि CNN ले डाक्टर सन्दुक रुइतको बारेमा लेखेको थियो।डा.सन्दुक रुइत विदेशमा समेत धेरै परिचित र प्रतिष्ठित नेपालीहरु मध्ये एक नम्बरमा आउँने नाम हो।जस्लाई धेरै विदेशीले समेत सम्मानले हेर्छन् र आदर गर्छन्।नेपाल भित्र र बाहिरका मानिसले समेत रुइत नोबेल पुरस्कारको लागी हकदार छन् भन्छन्।
हामी नेपाली गरिब मात्र छैनौं।स्वदेशी र विदेशी समेत गरेर एक लाख भन्दा धेरै मानिसको आँखाको दृष्टि फिर्ता गर्ने डा.सन्दुक रुइत जस्ता व्यक्ति हामीसँग छन् भनेर गर्व गर्न सक्छौं।
डा. सन्दुक रुइतलाई ‘दृष्टिका देवता’ समेत भनिन्छ।जसले लाखौ मानिसको आँखाको सफल उपचार गरेर उनीहरुलाई संसार देख्न सक्ने बनाइदिए।
तिलगंगा आँखा प्रतिष्ठानका संचालक तथा योजनाकार डा.रुइत हुन्।
करिब ३० वर्षअघि काठमाडौंमा स्थापना गरिएको तिलगंगा आँखा प्रतिष्ठानको मुख्य उद्धेश्य भनेको सबैलाई सुलभ आँखा उपचार सेवा दिनु र मोतिबिन्दुको शल्यक्रियापछि आवश्यक पर्ने सस्तो कृत्रिम लेन्स (Intraocular Lens – IOL) उत्पादन गर्नु हो
तिलगंगाले अहिलेसम्म झण्डै ७० लाख कृत्रिम लेन्स उत्पादन गरिसकेको छ।यी लेन्सहरूबाट एसिया, अफ्रिका र दक्षिण अमेरिकाका ४० भन्दा बढी देशका सीमान्तकृत समुदाय लाभान्वित भएका छन्।
विश्वभर IOL को माग बढ्दै गएपछि, डा. रुइतले अब नेपालको हेटौंडामा नयाँ लेन्स उत्पादन केन्द्र निर्माण गर्ने योजना बनाएका छन्।
यो केन्द्र सञ्चालनमा आएपछि हाल वार्षिक ३ लाख लेन्स उत्पादन हुने क्षमता दोब्बर हुन सक्नेछ।
डा. रुइतको विश्वास छ कि यदि गुणस्तर सुनिश्चितता र दीगो प्रणालीलाई प्राथमिकता दिइयो भने, संसारले “विकासशील” भनेर हेर्ने देशहरू पनि चिकित्सा नवप्रवर्तनका महत्वपूर्ण केन्द्र बन्न सक्छन्।
God of Sight दृष्टिका देवता नाम कसरी फैलियो?
१७ वर्षअघि इन्डोनेसियामा उनले ट्रकभरिका बिरामीहरूको मोतिबिन्दू शल्यक्रिया गरेका थिए।भोलिपल्ट पट्टी खोल्न जाँदा करिब ६० वर्षकी एक महिला,जो मोतिबिन्दुको कारण पूर्ण रूपमा अन्धी भएकी थिइन् अचानक उफ्रिन र चिच्याउन थालिन्।
उनले डा. रुइतलाई केही भन्न खोजिरहेकी थिइन्, तर भाषा मिल्दैनथ्यो।
एक स्वयंसेवकले अनुवाद गर्‍यो र भन्यो- ‘तपाईं दृष्टि दिन आउनुभएको देवता हुनुहुन्छ।’यही घटनापछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनलाई “God of Sight” भन्न थाले।७१ वर्षका डा. रुइत भन्छन्-यो नाम सुन्न राम्रो लागे पनि यससँग ठूलो जिम्मेवारी जोडिएको छ।अझ धेरै मानिसलाई सहयोग गरिरहनुपर्ने जिम्मेवारी।
तपाईंले गुगलमा विश्वप्रसिद्ध आँखाको डाक्टर को हुन् भनेर खोज्नु भयो भने-डा सन्दुक रुईतको नाम सबैभन्दा अगाडी आउँछ।यो हामी नेपालीको लागी पनि गर्वको कुरा हो।

Advertisement Banner
Previous Post

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा

Next Post

राष्ट्रिय सभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

Editorial Team

Editorial Team

Next Post
राष्ट्रिय सभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

राष्ट्रिय सभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

Recommended

नयाँ ढाँचामा नेपाल–भारत सम्बन्ध, उच्चस्तरीय भ्रमणको तयारी

नयाँ ढाँचामा नेपाल–भारत सम्बन्ध, उच्चस्तरीय भ्रमणको तयारी

5 months ago
Nepal Home Minister Gurung announces his resignation

Nepal Home Minister Gurung announces his resignation

5 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.