नेपालका लागि छुट्यायो भारतले ७ अर्ब भारु आर्थिक सहायता

काठमाडौं । भारतले नेपाललाई यस वर्ष पनि ७ अर्ब अनुदान दिने भएको छ ।वित्तमन्त्री निर्मला सीतारमणले छिमेकी देशहरुलाई दिने आर्थिक सहयोगलाई युनियन बजेटमा निरन्तरता दिएकी हुन् ।यस बजेटमा विदेशी सहायतास्वरुप ५४ अर्ब ८३ करोड छुट्याइएको छ। जुन अघिल्लो वर्षको ४८ अर्ब ८३ करोडको तुलनामा केही बढी हो ।
सार्वजनिक बजेट अनुसार भारतले नेपाललाई ७ अर्ब भारतीय रुपैयाँ वित्तीय सहायता प्रदान गर्ने भएको छ । जुन ११ अर्ब २० करोड नेपाली रुपैयाँ हुन आउँछ ।अघिल्लो बजेटमा पनि भारत सरकारले समान ७ अर्ब भारतीय रुपैयाँ नै नेपाललाई वित्तीय सहायता गरेको थियो । भुटानले सबैभन्दा बढी २१ अर्ब ५० करोड पाएको छ ।

Comments are closed.