काठमाडौं । पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गरेको एक्सनप्रधान फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट ३० डिसेम्बरमा दिल्ली र पञ्जाबका हलमा रिलिज हुने बताइएको थियो ।
सन् २०२२ मा धेरै कमाइ गर्ने पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’लाई भने प्रदर्शन को लागि भारतमा प्रतिबन्ध लगाइएको छ ।
भारतीय सेन्सर बोर्डले यो फिल्मको प्रदर्शन रोक्नुको कारण केही खुलाएको छैन । समाचार संस्था पीटीआईले भारतको मल्टिप्लेक्स सिनेमा समूह पीभीआर र आईनक्सका एक कर्मचारीलाई उध्दृत गर्दै प्रदर्शन रोकिएको जनाएको छ ।
ती कर्मचारीले बताएअनुसार फिल्म रोकिनुको कारणबारे केही खुलाइएको छैन र अर्को मिति पनि दिइएको छैन । केही भारतीय सञ्चारमाध्यमले त्यहाँको सेन्सर बोर्डले प्रदर्शनको अनुमति फिर्ता लिएको जनाइएको छ । तर यसबारे सेन्सर बोर्डले आधिकारिक रुपमा केही बताएको छैन ।
‘मौला जट्ट’ भारतमा रिलिज भएको भए सन् २०११ मा ‘बोल’पछि हलमा प्रदर्शन हुने यो पहिलो पाकिस्तानी फिल्म हुन्थ्यो । भारतमा ‘मौला जट्ट’को वितरणसम्बन्धी अधिकार जी स्टुडियोसँग छ । प्रदर्शन रद्द भएको विषयमा जी स्टुडियोका तर्फबाट पनि कुनै वक्तव्य आएको छैन ।
Comments are closed.