एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् ।प्रधानमन्त्री मोदीले आज राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् ।राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो ।त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ । यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो।भाजपा नेतृत्वको गठबन्धन एनडीएले प्राप्त गरेको २९२ सिटको आधारमा बहुमत जुटाउने कसरत भइरहेको छ ।बहुमत जुटाउन सके उनी जवाहरलाल नेहरूपछि तीन कार्यकाल प्रधानमन्त्री बनेर इतिहास रच्नेछन् ।
Comments are closed.