भारतमा आज अन्तिम चरणको मतदान, मोदी वाराणसीबाट मैदानमा

एजेन्सी । भारतको लोकसभा चुनाव अन्तर्गत आज अन्तिम चरण अर्थात् सातौँ चरणको मतदान हुँदैछ ।लोक सभाका बाँकी ५७ सिटमा आज बिहान ७ बजेबाटै मतदान शुरू भएको हो ।अन्तिम चरणमा उत्तर प्रदेश र पन्जाबका १३/१३ स्थान तथा पश्चिम बङ्गालका ९, बिहारका ८, ओडिसाका ६, हिमाञ्चल प्रदेशका ४, झारखण्डका ३ तथा युनियन टेरीटरी अफ चन्दीगढको एक स्थानमा मतदान हुनेछ ।
सातौँ चरणमा ९ सय ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसै चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा पनि मतदान हुँदैछ ।

Comments are closed.