Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

काठमाडौंको जाम हटाउन अन्तर-प्रदेश रुट परमिट बन्द

Editorial Team by Editorial Team
December 15, 2025
in Nepal, News
0
काठमाडौंको जाम हटाउन अन्तर-प्रदेश रुट परमिट बन्द
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं-– काठमाडौं उपत्यकामा देखिएको सवारी चाप र अस्तव्यस्ततालाई मध्यनजर गर्दै अन्तर प्रदेश रुट परमिट बन्द गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा २०८१ साउन ३२ गते बसेको बैठकले प्रदेश सरकार मातहतका यातायात कार्यालयहरूबाट जारी हुँदै आएको अन्तर-प्रदेश बाटो इजाजत (रुट परमिट) मा पूर्ण रूपमा रोक लगाउने निर्णय यातायात व्यवस्था विभागले गरेको हो ।
निर्णय कार्यान्वयनमा आएसँगै अबदेखि प्रदेश सरकारका यातायात मन्त्रालय अन्तर्गत रहेका यातायात कार्यालयहरूले आफ्नो प्रदेश भित्र मात्रै सार्वजनिक सवारी साधनको बाटो इजाजत दिन पाउने छन् । यसअघि विभिन्न प्रदेशका कार्यालयहरूले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर अन्तर-प्रदेश रुट परमिट जारी गर्दै आएका थिए ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अन्तर-प्रदेश जाँच पास तथा रुट इजाजत पत्र जारी गर्ने जिम्मेवारी पूर्ण रूपमा संघीय सरकारको क्षेत्राधिकार भित्र पर्नेछ । अब अन्तर-प्रदेश बाटो इजाजत दिनु परे यातायात व्यवस्था विभाग अन्तर्गत रहेका सवारी परीक्षण कार्यालयहरूले मात्र दिन पाउने छन् ।
विभागले यस सम्बन्धमा सबै प्रदेशका यातायात मन्त्रालयलाई अन्तर-प्रदेश रुट परमिट जारी नगर्न परिपत्र गरिसकेको छ । पहिले जारी भएका रुट परमिट पनि तत्काल सच्याउन भनेको छ ।
महानिर्देशक पोखरेलले भने, ‘उपत्यकामा बढेको ट्राफिक जाम र दुर्घटनाको जोखिम कम गर्न प्रदेशले दिने अन्तर प्रदेश रुट परमिट बन्द गरेको हो । कतिपय यातायात कार्यालयहरूले आफ्ना क्षेत्राधिकारभन्दा बाहिर रुट इजाजत जारी गर्दा काठमाडौँ उपत्यकामा व्यापक ट्राफिक जामको समस्या बढेको छ । साना सवारी चल्न सक्ने कम चौडाइका बाटोमा समेत बढी सिट भएका ठूला सवारीलाई बाटो इजाजत दिँदा दुर्घटनाको जोखिम समेत वृद्धि भएको छ । यस निर्णयले यातायात व्यवस्था कार्यालयलाई नियमानुसार कायम भएका प्रदेशभित्रका बाटोमा मात्र रुट इजाजत पत्र जारी गर्ने गरी बाध्यकारी बनाएको छ । जसले संघीय संरचना अनुसार अधिकार क्षेत्रको स्पष्ट सीमाङ्कन गरेको छ ।’
काठमाडौं उपत्यकाको ट्राफिक सहज बनाउनका लागि बाहिरबाट उपत्यका प्रवेश गर्ने सार्वजनिक यात्रुवाहक सवारी साधनहरूको रुट पनि निश्चित गरिएको छ । नयाँ नियम अनुसार उपत्यका बाहिरबाट प्रवेश गर्ने सार्वजनिक यात्रुवाहक सवारी साधनहरू अब कलंकी–सितापाइला हुँदै बसपार्कसम्म मात्र आउन र जान पाउनेछन् ।
काठमाडौं उपत्यका बाहिरबाट बनेपासम्म चल्ने सार्वजनिक यात्रुवाहक सवारी साधनका लागि भने विशेष रुट तोकिएको छ । यस्ता सवारी साधनले कलंकी-सातदोबाटो-कोटेश्वर हुँदै बनेपासम्म आउन र जान पाउने छन् ।

Advertisement Banner
Previous Post

एमालेको निर्वाचन तालिका सार्वजनिक

Next Post

कानूनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाले

Editorial Team

Editorial Team

Next Post
कानूनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाले

कानूनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाले

Recommended

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

1 month ago
US President Trump invites PM Modi to be part of Gaza’s “Board of Peace”

Indian PM Modi congratulates Nepal PM Balen Shah

2 weeks ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.