Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

आज अन्तर्राष्ट्रिय पर्वत दिवसः विश्वभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदै

Editorial Team by Editorial Team
December 15, 2025
in News, World
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं – आज विश्वभर अन्तर्राष्ट्रिय पर्वत दिवस विभिन्न कार्यक्रमहरु गरि मनाइँदै छ । बिहीबार ‘हमाल र त्यसभन्दा बाहिर पानी, खाना र जीविकोपार्जनको लागि हिमनदीहरू महत्त्वपूर्ण छन्’ भन्ने नाराका साथ २०२५ को अन्तर्राष्ट्रिय पर्वत दिवस मनाउन लागिएको हो ।
यो नाराले हिमनदीहरूको महत्वलाई विशेष रूपमा उजागर गर्छ । हिमनदी पग्लँदा पहाडदेखि तराईसम्म पानीको आपूर्ति प्रभावित हुन्छ, कृषि उत्पादनमा गिरावट आउन सक्छ, र पहाडी समुदायको दैनिकी जोखिममा पर्न सक्छन् । त्यसैले हिमनदी संरक्षण केवल पहाडका लागि मात्र होइन, समग्र जीवन, प्रकृति र भविष्यका पुस्ताका लागि अत्यावश्यक छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा राष्ट्रसंघका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको हो । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन ९एफएओ०को प्रधान कार्यालयमा आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हुँदैछ ।
राष्ट्रसङ्घका अनुसार विश्वको दुई अर्ब जनसङ्ख्या पर्वतीय क्षेत्रबाट प्रवाह हुने पानीमा निर्भर छन् । पछिल्ला वर्षहरूमा पर्वतीय वातावरण तीव्र जोखिममा परेकाले पानी स्रोत जोखिममा परेका छन् ।
द्रुत गतिमा हिमनदी पग्लिएका छन् । विश्व तापक्रम बढ्ने क्रम जारी रहे अरु हिमनदी हराउने छन् । यो दिवसले यस्ता जोखिम र चुनौतीबारे विश्व समुदायलाई सतर्क गराउँदै पहाड–पर्वत संरक्षण, दिगो विकास तथा सुरक्षित भविष्यका लागि सहकार्यमा जोड दिएको छ ।
नेपालका लागि यस दिवसको महत्त्व अझ गहिरो छ । संसारका १४ वटा ८,००० मिटरभन्दा माथिका हिमालमध्ये आठवटा यही अवस्थित छन् । यी हिमालहरू केवल भौगोलिक पहिचान मात्र होइनन्, नेपालको संस्कृति, आध्यात्मिकता, पहिचान र अर्थतन्त्रको केन्द्र हुन् ।

Advertisement Banner
Previous Post

नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : मेयर बालेन

Next Post

एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता: आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

Editorial Team

Editorial Team

Next Post
एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता: आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता: आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

Recommended

March 5, 2026 HoR election imperative for democracy, country and  people: President

March 5, 2026 HoR election imperative for democracy, country and people: President

9 months ago
Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

9 months ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.