नयाँ वर्षको पूर्वसन्ध्यामा काव्य उत्सवको वसन्त ऋतु काव्य वर्षा

 

 

काठमाडौँ, चैत्र २७ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले नयाँ वर्ष आगमनको अवसर पारेर वसन्त ऋतु काव्य उत्सव साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

चैत्र २६ गते शनीवार अनलाइन जुमका माध्यमबाट सञ्चालन भएको कार्यक्रममा अनेसास नेपालका महासचिव ऋषभदेव घिमिरेले उपस्थित स्रष्टाहरूलाई स्वागत गर्नुभयो ।

कार्यक्रममा सर्जकहरू उपमा आचार्य, गीता रेग्मी, मञ्जिला अनिल, सिता बिष्ट कार्की, चन्द्रा न्यौपाने, कल्याण पन्त, चित्रा कोइराला, संगीता गौतम, पार्वती भट्ट, हिरा शर्मा संघर्ष आदिले आ आफ्ना रचना वाचन गर्नुभएको थियो । महासचिव ऋषभदेव घिमिरे र कार्यक्रम संयोजक पुष्पा खनालले पनि आफ्ना रचना सुनाउनुभएको थियो ।

कार्यक्रममा सहभागी स्रष्टाहरूले वसन्तका गाथा, नयाँ वर्षका हर्ष उमङ्गका साथै नारी चेतना र सौन्दर्यका कुराहरूपनि जोडेका थिए । नयाँ सालको पात्रो पल्टाएर मात्र नयाँ सिर्जना नहुने र नयाँ सिर्जनाका लागि नयाँ लक्ष्य र कर्म आवश्यक रहेको वाचन गरिएका सिर्जनाको भाव थियो ।

जूमको माध्यमबाट सर्जकहरूको सहभागिता गराइएको कार्यक्रमको सञ्चालन अनेसास नेपाल काव्य उत्सव समितिका संयोजक पुष्पा खनालले गर्नुभएको थियो

अग्रजको सम्मान र अनुजलाई प्रेरणा भन्ने उद्धेश्यले अनेसासले काव्य उत्सव कार्यक्रम शुरु गरेको हो ।

विगत पाँच वर्षदेखि प्रत्येक महिनाको अन्तिम शनिवार विविध माध्यममार्फत् यो कार्यक्रम निरन्तर चलिरहेको छ ।

Comments are closed.