काठमाडौँ, नेपालभर आइतबार साँझ ९ बजेदेखि इन्टरनेटमा समस्या देखिएको छ।
अधिकांश इन्टरनेट सेवाप्रदायक र टेलिकम कम्पनीहरूको सेवा प्रभावित भएका छन्। प्रयोगकर्ताहरूले ‘स्लो’ इन्टरनेटको समस्या भोग्नु परेको छ।
नेपाल टेलिकमका अनुसार भारतबाट आयात गरिने ब्यान्डविथमै समस्या देखिएको हो।
विशेषगरी भारतीय इन्टरनेट सेवाप्रदायक एयरटेलबाट खरिद तथा आयात गरिने इन्टरनेटमा समस्या उत्पन्न भएको आशंका गरिएको छ।
नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले पनि इन्टरनेट सेवामा अवरोध आएको पुष्टि गरेको छ।
प्रयोगकर्ताहरूले सीजी, डिसहोम, सुबिसु वर्ल्डलिङ्क, भायानेटलगायतका इन्टरनेट सेवाप्रदायकहरूमा ‘स्लो’ इन्टरनेटको समस्या देखिएको गुनासो गरेका छन्।
नेपालमा यसअघि पनि यस्ता समस्या देखिँदै आएका थिए। सन् २०२४ को जुन ३ र मे २४ मा एयरटेललगायतका सेवा प्रदायकहरूको फाइबर अप्टिक्स भारतको सुनौली क्षेत्रमा काटिएपछि इन्टरनेट सेवाहरू अवरुद्ध भएका थिए।
एयरटेलले नेपाललाई ठूलो मात्रामा ब्यान्डविथ उपलब्ध गराउने भएकाले यसको नेटवर्क स्थायित्व कमजोर हुँदा नेपालकै इन्टरनेट पूर्वाधार प्रभावित हुँदै आएको छ।
Trending Now
- रामनवमीमा सरकारले सार्वजनिक बिदा दिने
- Israeli airstrikes kill 400 Palestinians
- A grand welcome for Sunita and Butch, who returned to Earth after 286 days in space
- परशु-कल्पना स्रष्टा सम्मानबाट रसिक र सापकोटा सम्मानित
- विश्व-ज्योति काव्यसम्मान र पाण्डुलिपि पुरस्कार घोषणा
- स्ववियु निर्वाचन : नेविसंघको हालसम्म ९९ कलेजमा जीत
- चितवनमा ६ देशका पाँच नाटक प्रस्तुत हुँदै
- The plane from China landed in Pokhara, returning today with 126 passengers
- Foreign Minister and Ukrainian Foreign Minister Meet in Delhi: Request to Release 7 Nepalis Captured by Ukrainian Army
- Bilateral talks between Foreign Minister Rana and Indian Foreign Minister in New Delhi
Comments are closed.