काठमाडौं – उद्योगी–व्यवसायीले नवप्रवर्तन, साना तथा मझौला उद्योग स्थापनाका लागि लगानीको वातावरण बनाइ कानुनी जटिलता हटाएर एकद्वार प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा आजदेखि सुरु गरेको नवप्रवर्तन तथा एसएमई सम्मेलनको दोस्रो समूहगत छलफलका वक्ताहरुले सरकारले लगानीका लागि कानुनी जटिलता हटाउनुपर्नेमा जोड दिएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीलाई सहज भएको बताए । ‘सरकारले ल्याएको अध्यादेश महत्वपूर्ण छ । यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि पनि आग्रह गर्दछु ।’
नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘सहज ढंगले उद्योग व्यवसाय गर्न आर्थिक नेटवर्किङ महत्वपूर्ण भएकाले बैंक बित्तीय संस्थाले उद्योग व्यवसाय गर्नेहरुका लागि विश्वास गर्नुपर्छ ।’
विजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पाण्डेले विदेशीने युवाहरुलाई नेपालमा राख्न सहज लगानीको वातावरण र कानुनी झन्झटबाट मुक्त गरिनुपर्ने बताए ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले वित्तिय संस्थाले ठूलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख गरे ।
औद्योगिक उद्यम विकास संस्थानका प्रमुख उमेशकुमार गुप्ताले पछिल्लो समय नवप्रवर्तनको दायरा बढ्दै गएको बताउँदै भने ‘केही वर्षयतादेखि नवप्रवर्तनको दायरा फराकिलो बन्दै गएको छ । हामीले निरन्तर उद्यमी नहुउन्जेल फलो गरिरहेका छौँ ।’
Trending Now
- हेमराज सापकोटाको बारेमा लेखिएको पुस्तक सार्वजनिक
- पलेँटीमा गुन्जिँदै कालीप्रसाद रिजाल र आभास
- २०२५ को पहिलो सूर्यग्रहण भोलि लाग्ने
- राजावादीले गरे प्रहरीमाथि ढुंगामुढा : पानीको फोहोरा फ्याँकियो
- म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, बैंककसम्म धक्का महसुस
- Six tourists feared dead after submarine sinks in Red Sea
- Canadian Prime Minister Carney says all old ties with the US are over
- कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
- प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राजावादी र समाजवादी मोर्चालाई आग्रह
- शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख :टुंगिएन ओलीले जवाफ दिने विषय
Comments are closed.