Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आईपीएलः गुजरातमाथि राजस्थानको रोमाञ्चक जित

Editorial Team by Editorial Team
April 5, 2026
in Nepal, News
0
आईपीएलः गुजरातमाथि राजस्थानको रोमाञ्चक जित

Tushar Deshpande of Rajasthan Royals celebrates the after winning the Match 9 of the TATA Indian Premier League 2026 between Gujarat Titans and Rajasthan Royals at Narendra Modi Stadium, Ahmedabad , India, on April 4, 2026. Photo by Vipin Pawar / CREIMAS for IPL

0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको छ। शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक खेलमा राजस्थान विजयी भयो।
टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो। टोलीका लागि यशस्वी जैसवालले ५५ रन र ध्रुव जुरेल ७५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले।जवाफमा गुजरात टाइटन्स २० ओभरमा ८ विकेट गुमाएर २०४ रनमै सीमित भयो। उसका लागि साई सुदर्शनले ७३ रनको राम्रो योगदान दिए पनि टोलिको हार टार्न सकेनन्।
गुजरातको दमदार सुरुवात
२११ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले उत्कृष्ट सुरुवात गरेको थियो। कुमार कुशाग्र र साई सुदर्शनले पहिलो विकेटका लागि ७.६ ओभरमा ७८ रनको साझेदारी गरे।कुशाग्र १८ रनमा आउट भए पनि सुदर्शनले आक्रामक ब्याटिङ जारी राखे। उनले ४४ बलमा ७३ रन बनाए, जसमा ९ चौका र ३ छक्का समावेश थिए।जोस बटलरले १४ बलमा २६ रन बनाए तर ठूलो पारी खेल्न सकेनन्। ग्लेन फिलिप्स ३ रनमै आउट भए भने वासिङ्टन सुन्दरले ४ रन मात्रै जोडे। राहुल तेवतियाले १२ रन र शाहरुख खानले ११ रन बनाए।अन्तिम ओभरहरूमा राशिद खान र कगिसो रबाडाले ३० बलमा ४३ रनको तीव्र साझेदारी गर्दै खेललाई रोमाञ्चक बनाए।
राशिदले १६ बलमा २४ रन बनाए भने रबाडा १६ बलमा २३ रन बनाएर अविजित रहे। तर अन्तिम दुई ओभरमा जोफ्रा आर्चर र तुषार देशपाण्डेको उत्कृष्ट बलिङले खेल राजस्थानतर्फ मोडियो।
अन्तिम ओभरको रोमाञ्च
अन्तिम ओभरमा गुजरातलाई जितका लागि १० रन आवश्यक थियो।
पहिलो बल (वाइड) ६ बलमा १० रन
पहिलो बल रबाडाले १ रन (५ बलमा ९ रन)
दोस्रो बल राशिद १ रन (४ बलमा ८ रन)
तेस्रो बल १ रन (३ बलमा ७ रन)
चौथो बल डट बल (२ बलमा ७ रन)
पाँचौं बल (विकेट)
राशिद खान आउट
अन्तिम बल कुनै रन बनेन
यसरी राजस्थानले ६ रनले जित हात पार्यो।यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले दमदार सुरुवात गरेको थियो। यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटका लागि ६.२ ओभरमा ७० रन जोडे।
वैभवले १८ बलमा ३१ रन बनाए भने जैसवालले ३६ बलमा ५५ रनको उत्कृष्ट पारी खेले।तेस्रो नम्बरमा आएका ध्रुव जुरेलले ४२ बलमा ७५ रनको शानदार पारी खेले। उनले ५ चौका र ५ छक्का प्रहार गरे।शिमरन हेटमायरले ८ बलमा १८ रन जोडे भने कप्तान रियान पराग ८ रनमै आउट भए। रविन्द्र जडेजा ७ रनमा अविजित रहे।जुरेल र जायसवालको उत्कृष्ट प्रदर्शनका कारण राजस्थानले २१० रनको बलियो स्कोर बनाउन सफल भयो। गुजरातका लागि कगिसो रबाडाले सर्वाधिक २ विकेट लिए।

Advertisement Banner
Previous Post

मतदाता नामावली संकलन आजदेखि सुरु

Next Post

सुलभ अग्रवाल पनि पक्राउ

Editorial Team

Editorial Team

Next Post
सुलभ अग्रवाल पनि पक्राउ

सुलभ अग्रवाल पनि पक्राउ

Discussion about this post

Recommended

Russian Foreign Minister Sergey Lavrov says Greenland not natural part of Denmark, calls it legacy of colonialism

Russian Foreign Minister Sergey Lavrov says Greenland not natural part of Denmark, calls it legacy of colonialism

2 months ago
लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

2 weeks ago

Don't Miss

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

April 5, 2026
सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

April 5, 2026
ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

April 5, 2026
माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

April 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.