काठमाडौं-– इरानका धेरै सहरहरूमा बढ्दो मुद्रास्फीतिविरुद्धको प्रदर्शन पाँचौं दिन पनि जारी छ। स्थानीय सञ्चारमाध्यमका अनुसार कुहदास्टमा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ।
लोरेस्तान प्रान्तको कुहदास्ट सहरमा बिहीबार भएको विरोध प्रदर्शनको क्रममा आगजनीको तस्बिर पनि देखा पर्यो।
बीबीसी फारसी सेवाका अनुसार तस्बिरमा कुहदास्ट सहरको केन्द्रीय प्रहरी चौकीको अगाडि प्रदर्शनकारीहरूले आगो बालेको देखाइएको छ।
प्रदर्शनकारीले सन् १९८९ देखि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई शासन अन्त्यको माग गरिरहेका छन्।
इरानी मिडियाका अनुसार यी विरोध प्रदर्शनहरूको क्रममा प्रहरी मुख्यालयमा आक्रमण भएको थियो। अहिलेसम्म यस प्रदर्शनमा सात जनाको मृत्यु भएको छ भने ३० जना घाइते छन्।
प्रहरीले प्रदर्शनकारीहरूमाथि अश्रुग्यास र गोली प्रयोग गरेको हो।
एक प्रत्यक्षदर्शीले एक परिचित व्यक्तिलाई ओठमाथि गोली लागेको र रगत बगिरहेको देखेको बताए। उनले अर्को व्यक्तिलाई ‘आफ्नो पेट समातेको’ देखे र कसैले ‘उसलाई गोली लागेको’ भनेको पनि सुने।
जेन-जी युवाहरू र विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूले पनि बजार हडतालमा जोडिएर प्रदर्शनलाई बल पुर्याएका छन्। एजेन्सीको सहयोगमा






