सन्तान गुमाएका परिवारलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौँ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा नेपाली विद्यार्थी मारिँदा सिङ्गो देश शोकमा परेको बताउनुभएको छ ।  नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गएको प्रति ओलीले दुःख व्यक्त गर्नुभएको छ । ‘दशैंको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौँ’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेख्नु भएको छ ।

ओलीले इजरायलमा घाइतेको तत्काल उद्धार गर्न र बन्धक बनाइएकालाई रिहाइ र मृतकको शव ल्याउने यथाशीघ्र  प्रबन्ध गर्न ओलीले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । ओलीले ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

शनिबार प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी इजरायलमा १० जना जना विद्यार्थीको ज्यान गएको छ । सो आक्रमणमा केही विद्यार्थी घाइते भएका छन् भने केही सम्पर्क विहीन छन् ।

Comments are closed.