संसद्‍ अन्त्य गरी अध्यादेशबाट कानुन संशोधन गर्नु अलोकतान्त्रिक : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले, सरकारले अध्यादेश मार्फत कानुन संशोधन गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । संसद्बाट कानुन निर्माण गर्न पर्याप्त समय हुँदाहुँदै सरकारले संसद् अन्त्य गरेर अध्यादेशबाट कानुन संशोधन गर्न खोजेको कांग्रेसको आरोप छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शनिबार विज्ञप्ति जारी गरी संघीय संसद्को हिउँदे अधिवेशनमा कानुन निर्माण गर्न पर्याप्त समय हुँदाहुँदै सरकारले संसद्बाट कानुन नबनाई अध्यादेशको बाटो रोजेको दाबी गर्नु भएको हो ।
अध्यादेशबाट कानुन बनाउने सरकारको कामले जनताको प्रतिनिधि संस्था संसद्को महत्व र गरिमा घट्न जाने उहाँले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । अध्यादेशमार्फत कानुन संशोधन गर्ने सरकारको कदम लोकतान्त्रिक मर्म र संसदीय अभ्यास विपरीत भएको पनि कांग्रेसको दाबी छ ।
कुनै पनि कानुन सार्वभौम जनताको प्रतिनिधि संस्था संसद्ले निर्माण गर्ने संसदीय व्यवस्थाको आधारभूत मान्यता भएको पनि कांग्रेसको ठहर छ । सरकारले गत सोमबार लगानीका लागि सहज बनाउन भन्दै विभिन्न कानुन संशोधनका लागि राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो ।

Comments are closed.