काठमाडौं – नयाँ रोमान्टिक डान्सिङ गीत “जाऊ हिँड पोखरा” सार्वजनिक भएको छ। पोखराको प्राकृतिक सुन्दरतालाई प्रेम र आकर्षणसँग जोडेर प्रस्तुत गरिएको यो गीतले श्रोता तथा दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
गीतमा गायक मुकुन्द त्रिपाठी र चर्चित गायिका अस्मिता अधिकारीको आवाज रहेको छ। गीतका शब्द र संगीत स्वयम् मुकुन्द त्रिपाठीले सिर्जना गरेका हुन्। गीतलाई राजु सुनामले एरेन्ज गरेका हुन् भने ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो । बिनोद परियारले गीतको मिक्सिङ गरेका हुन्।
भिडियोमा गायक मुकुन्द त्रिपाठी, सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय फिचर्ड छन्। सुबास सुबेदीको सिनेमाटोग्राफी, सुबास अम्गाईको सम्पादन तथा कलरिङ, र युमी बलामीको कोरियोग्राफीले भिडियोलाई अझै आकर्षक बनाएको छ।
दुर्गा न्यौपाने त्रिपाठी निर्मात्री रहेको यस गीतको भिडियोलाई मुकुन्द त्रिपाठीले निर्देशन गरेका हुन्। मुकुन्द त्रिपाठीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
Trending Now
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
- Qatar and Egypt present new proposal to end Gaza war
Comments are closed.