Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

विश्वप्रकाशले विशेष महाधिवेशनको ‘ब्याक गियर’ हुन्न भनेपछि जीतजंग र कुन्दनको प्रतिवाद

Editorial Team by Editorial Team
November 26, 2025
in Nepal, News, Politics
0
विश्वप्रकाशले विशेष महाधिवेशनको ‘ब्याक गियर’ हुन्न भनेपछि जीतजंग र कुन्दनको प्रतिवाद
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको ‘ब्याक गियर’ हुन्न भन्ने अभिव्यक्ति दिएपछि पार्टीका दुई केन्द्रीय सदस्यले त्यसको सार्वजनिक रूपमा प्रतिवाद गरेका छन् ।

मंगलवार उदयपुरस्थित कांग्रेस जिल्ला कार्यालय अवलोकनका क्रममा महामन्त्री शर्माले पार्टी विधान अनुसार विशेष महाधिवेशन दर्ता फिर्ता गर्न मिल्दैन भन्दै “विशेष महाधिवेशनको ब्याक गियर हुँदैन, ९० दिनभित्र गर्नैपर्छ” भन्ने धारणा राखेका थिए ।

उनको सो भनाइप्रति केन्द्रीय सदस्य जीतजंग बस्नेत र कुन्दनराज काफ्ले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै प्रतिवादमा उत्रिएका छन् ।

राष्ट्रियसभा सदस्यसमेत रहेका बस्नेतले सामाजिक सञ्जालमार्फत तीन बुँदामा प्रतिवाद प्रस्तुत गर्दै लेखेका छन्, “विशेष महाधिवेशन एक, दुई वा तीन पटक हुने कुरा होइन । ढुक्क हुनुहोस्—वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क रूपमा निर्वाचनमा जान्छ । ‘ब्याक गियर’ नहुने गाडीमा चढ्दा दुर्घटना पक्का छ ।”त्यसैगरी, बागमती प्रदेशसभा सदस्य काफ्लेले पनि ‘ब्याक गियर’ नभएको गाडी दुर्घटनाग्रस्त हुने उपमा दिँदै शर्माको अभिव्यक्तिलाई असंगत ठहर गरेका छन् ।

बस्नेत र काफ्ले दुवै संस्थापन पक्षीय नेताका रूपमा चिनिन्छन् भने शर्मा हाल इतर समूहको नेतृत्वसमेत गर्ने व्यक्तित्व हुन् । दुवैले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै शर्माको अभिव्यक्तिलाई अस्वीकार गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको निर्देशनमा गुरुराज घिमिरेको नेतृत्वमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिका हस्ताक्षर संकलन गरी विशेष महाधिवेशन मागसहित गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । कांग्रेस विधान अनुसार हस्ताक्षर पेस गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ ।

यही विषयमा टिप्पणी गर्दै गरेको क्रममा संस्थापन पक्षीय नेताहरू बस्नेत र काफ्ले शर्माको अभिव्यक्तिविरुद्ध खुलेर उत्रिएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशन अहिले आवश्यक नरहेको तर्क गर्दै आएको छ ।

Advertisement Banner
Previous Post

सबै प्रदेश इञ्चार्जहरूलाई रास्वपाले पदमुक्त गर्यो

Next Post

स्याकार ट्रेडिङद्वारा ‘होन्डा अल–न्यु सीआर–भी’ नेपाली बजारमा सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
स्याकार ट्रेडिङद्वारा ‘होन्डा अल–न्यु सीआर–भी’ नेपाली बजारमा सार्वजनिक

स्याकार ट्रेडिङद्वारा ‘होन्डा अल–न्यु सीआर–भी’ नेपाली बजारमा सार्वजनिक

Recommended

Prakriti Resources Centre, WWF Nepal, and NEFEJ organized an energy policy dialogue with multi-stakeholders

Prakriti Resources Centre, WWF Nepal, and NEFEJ organized an energy policy dialogue with multi-stakeholders

4 years ago
3rd T20I: England set a victory target of 216 runs against India in Nottingham

3rd T20I: England set a victory target of 216 runs against India in Nottingham

4 years ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.