ज्योति साहित्य प्रतिष्ठान र नेपाली सरोकारद्वारा साहित्यकारहरू सम्मानित

 

काठमाडौं। ज्योति साहित्य प्रतिष्ठान र नेपाली सरोकार राष्ट्रिय मासिक खबर पत्रिकाको संयुक्त आयोजनामा २०८१ माघ १६ गते शहीद दिवसको अवसरमा विशेष सम्मान कार्यक्रम सम्पन्न भएको छ।
नेपालको साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षता रहेको थियो, भने प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकार रहेका थिए ।
कार्यक्रममा प्रा.डा. गार्गी शर्मा, हिरण्यकुमारी पाठक, प्रा. डा.सावित्री श्रेष्ठ, कवि कृष्ण प्रधान र स्नेह शायमी विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रमको सञ्चालन कवि सुनिता अधिकारीले गर्दै सम्मानित व्यक्तित्वहरूको योगदान र साहित्यको महत्वलाई प्रभावकारी रूपमा प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बीपी साहित्यिक सम्मानद्वारा विभूषित व्यक्तित्वहरू कवि तथा समाजसेवी लेखक मणिराज सिंह, समाजसेवी तिलप्रसाद न्यौपाने (ढाकाटोपी),युवा व्यवसायी तथा समाजसेवी घननारायण श्रेष्ठ र साहित्य सम्मानबाट कृष्ण प्रधान,भागिरथी श्रेष्ठ, पद्मावती सिंह, लक्ष्मी माली, सुरेन्द्र लिम्बू परदेशी (भारत), बलराम दहाल, भागिरथी श्रेष्ठ,पद्मावती सिंह,लक्ष्मी माली, सुरेन्द्र लिम्बू परदेशी (भारत), बलराम दहाल सम्मानित भए । यसैगरी ज्योति स्रष्टा सम्मानबाट शीतल कादम्बिनी, रूकू कार्की, राजेश खनाल,राजन विक्रम थापा,सुरेन्द्र अस्तफल (नारायणघाट),दिनेश शर्मा (हेटौंडा), भीम बिरही राई (धरान), सुमित्रा सुमी (नुवाकोट)लगायतले साहित्य सम्मान प्राप्त गरे ।
यसैगरी रबिन्द्र आशिष शैली, गंगा आचार्य सापकोटा,श्रीराम पाण्डे (हरिसिद्धी, ललितपुर),श्रीराम पौडेल (लामाटार, ललितपुर)ले ज्योति साहित्य सम्मान प्राप्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू तथा सम्मानित व्यक्तित्वहरूले साहित्य र समाजसेवाको महत्व माथि मन्तव्य राखेका थिए।
नेपालको साहित्य र समाजसेवामा विशिष्ट योगदान पुर्याएका स्रष्टाहरूको सम्मान निरन्तर जारी रहने आयोजकहरूले बताएका छन्।

 

Comments are closed.