कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण कारोबारमा रोक, वित्तीय अवस्था सुधार्न ६ महिनाको म्याद

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण कारोबारमा रोक लगाएको छ। राष्ट्र बैंकले आज सूचना जारी गरेर कर्णाली विकास बैंकलाई आजबाटै लागू हुने गरि थप निक्षेप संकलन गर्न र कर्जा प्रवाह गर्न रोक लगाइएको हो।
राष्ट्र बैंकले सुपरिवेक्षणको क्रममा कर्णाली डेभलपमेन्ट बैंकको न्यूनतम पुँजीकोष अनुपात तोकिएको बमोजिम कायम नभएको देखिएको जनाएक छ। यस्तै, निष्कृय कर्जा अनुपात ४०.८५ प्रतिशत कायम देखिएको छ।वित्तीय संस्थाहरुको खराब ऋण ५% भन्दा तल र पुजीकोष १०% माथि हुनु पर्छ। कर्णाली डेभलपमेन्ट बैंकले आफ्नो खराब ऋण ७ % रहेको गत असोजमा देखाएको थियो। तर राष्ट्र बैंकको सुपरिवेक्षणकमा खराब कर्जा ४०% माथि भेटिएको हो।
यीसँगै विविध अन्य कारणले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएकोले सुधारात्मक कारबाही अनुरुप सम्पूर्ण कारोबारमा राष्ट्र बैंले रोक लगाएको हो।राष्ट्र बैंकले ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले वित्तीय परिसूचक सुधार गर्ने सतर्मा आजदेखि लागू हुने गरि कारबाही गरेको हो।यो विकास बैंकको सेयर मूल्यमा हिजो प्रति कित्ता ४५ रुपैयाँ वृद्धि भएको थियो। सेयर मूल्य बढेर हिजो ८४० रूपैयाँ पुगेको थियो।यो संस्थाको चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ छ।

Comments are closed.