काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ दौडबाट कर्णाली याक्स बाहिरिएको छ ।मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनको हारसँगै कर्णाली लिग चरणको अन्तिम खेल बाँकी छँदै प्लेअफमा नपुग्ने समीकरण बनेको हो ।पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउन क्रममा कर्णालीको टोली १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन बनायो ।







