Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

शुरक्षा निकायहरू बीचमा पनि अप्रीय अवस्थामा लिनुपर्ने रणनीति स्पष्ट हुनु पर्छ: बसन्त कुँवर

Editorial Team by Editorial Team
December 3, 2025
in Nepal, News
0
शुरक्षा निकायहरू बीचमा पनि अप्रीय अवस्थामा लिनुपर्ने रणनीति स्पष्ट हुनु पर्छ: बसन्त कुँवर
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ- जेन्जीहरूको सरप्राइज र उग्र आन्दोलनले जुन प्रकारले तत्कालीन सरकारलाई सत्ता बाहिर पु¥यायो, त्यही तरीकाले पुनः सत्ता बाहिर रहेका राजनीतिक दलहरूको पनि सत्तामा फर्कने रणनीति हुनु स्वाभाविकै हो।
अपदस्थ भएका राजनीतिक दलहरूलाई शासनमा फर्कने सबैभन्दा सरल उपाय भनेको न्यायालयमार्फत नै हो, जसको प्रयास सुरु भइसकेको छ। दोस्रो उपाय भनेको सहमतिको मिलीजुली सरकारमार्फत सरकारमा फर्कने हुन सक्छ, र पहिलो–दोस्रो रणनीति काम नगरे तेस्रो तरिका भनेको अन्तरिम सरकारले सडकमै पर्ने प्रेसरबाटै अपदस्थ गरी शासन कब्जा गर्नु नै हुन सक्छ।
नेपालका सबै परिवर्तन बंगलादेशकै मोडेलमा भइरहेको देखिन्छ। यसो हो भने अब तत्कालीन शिर्षस्थ शासकहरूमाथि मानवता विरुद्धका मुद्दा चल्नेछ, र त्यसपछि पुनः सडक अशान्त हुने छ। यही सम्भावित कारबाहीबाट जोगिन पुराना शासकहरूले पनि आफूलाई संगठित गर्ने र पक्राउ गर्न खोजे प्रतिकारमा जाने रणनीति बनाइरहेका स्पष्ट देखिन्छ।
समयमा चुनाव हुन्छ÷हुँदैन भन्ने कुरा जुन ग्र्यान्ड डिजाइन अन्तर्गत सबै कुरा भइरहेको छ, ती ग्र्यान्ड डिजाइनरहरूलाई चुनावमा जाँदा आफूले चाहेका व्यक्तिहरू सरकारमा पुग्छन्÷पुग्दैनन् भन्ने अंकगणितले पनि निर्धारण गर्नेछ। पुराना दलहरूले पनि तत्काल चुनावमा जाँदा हुने फाइदा–नोक्सान हेरेर नै चुनाव नजिक–टाढा कहाँ लैजाने भन्ने भित्री नीति तय गर्नेछन्।
मलाई लाग्छ, सबैको सहमतिमै केही समयका लागि चुनाव पर सर्न सक्छ, किनकि कसैका लागि पनि चुनावको नतिजा आफ्नो पक्षमा हुन्छ भन्ने विश्वास अहिले देखिएको अवस्था छैन।
चाहे कोर्टले पुनस्र्थापना गरे पनि पुरानो सरकार र अनुहारविरुद्धको आक्रोश सडकमा मत्थर हुने छैन। केही समय देश अस्थिर नै हुनेछ।
अतः चारैवटा सुरक्षा फौजहरूले अब निकट भविष्यमा आउन सक्ने चुनौतीहरूलाई राम्ररी विश्लेषण गरी देश अराजक र अस्तव्यस्त अवस्थामा पुगे वा पुग्न लागे, सुरक्षा फौजहरूले कसरी स्थितिलाई सम्हाल्ने र पुनः देशलाई कसरी ट्र्याकमा ल्याएर प्रजातान्त्रिक सरकारको नेतृत्वमा मुलुक सञ्चालन गर्ने–गराउने भन्ने बारेमा गहिरो गृहकार्य गर्न जरुरी देखिन्छ। ब् द्य ऋ म् सम्मका वैकल्पिक योजना गर्न जरुरी भइसकेको देखिन्छ।
बिजय त्यसैको हुनेछ जसले आफ्नो उद्देश्य र सो उद्देश्य प्राप्तिका लागि गहिरो गृहकार्यसहित अघि बढेको हुन्छ। गृहकार्य सरकारलाई अस्थिर बनाउने र स्थिर बनाउने दुबै फोर्सले गरिरहेकै हुन्छन्।
आज हरेक दल वा समूहको मनमा, चुनावमार्फत भन्दा पनि बलको प्रयोगबाटै शासनमा पुग्ने सपना देखिन्छ। यस्तो बेला सार्वभौमिकता रक्षा र आन्तरिक शान्ति–सुरक्षाका लागि सुरक्षा फौजहरूको रणनीति र कार्यनीति स्पष्ट हुन जरुरी छ।
सुरक्षा फौजको सफलतामा नै कुनै पनि शासनको अस्तित्व जोडिएको हुन्छ। यदि सरकार र संविधानको सुरक्षा हुन सकेन भने जतिपटक र जस्तोसुकै प्रकारले सरकार बने पनि टिक्ने छैन। टिक्छ तब मात्र जब विधिको शासनले काम गर्दछ वा गर्ने माहोल बन्छ।

Advertisement Banner
Previous Post

Nepal: Floods and rains cause Rs 6.67 billion loss to agriculture and livestock

Next Post

कर्णाली प्लेअफ समीकरणबाट बाहिरियो, पोखराको सम्भावना कायमै

Editorial Team

Editorial Team

Next Post
कर्णाली प्लेअफ समीकरणबाट बाहिरियो, पोखराको सम्भावना कायमै

कर्णाली प्लेअफ समीकरणबाट बाहिरियो, पोखराको सम्भावना कायमै

Recommended

सिन्धुपाल्चोक कांग्रेसमा ‘अन्तर्घात’ विवाद,: बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस

सिन्धुपाल्चोक कांग्रेसमा ‘अन्तर्घात’ विवाद,: बस्नेतसहित ११ नेतालाई कारबाही सिफारिस

5 months ago
US, Saudi Arabia sign agreements on civil nuclear energy, sale of cutting-edge US F-35 warplanes

US, Saudi Arabia sign agreements on civil nuclear energy, sale of cutting-edge US F-35 warplanes

10 months ago

Don't Miss

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
WHO releases 150,000 USD in emergency funds

WHO releases 150,000 USD in emergency funds

August 31, 2026
China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

August 31, 2026
Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom restores mobile services up to Nepal-China border

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.